२०८२, २२ कार्तिक शुक्रबार

ओली र प्रचण्डको भेटवार्ता निष्कर्षविहीन, संगठन विभागमा सहमती भएन

ओली र प्रचण्डको भेटवार्ता निष्कर्षविहीन, संगठन विभागमा सहमती भएन


काठमाडौँ ६ साउन : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता बिना निष्कर्ष सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा संगठन विभागमा सहमति नभएपछि मंगलबार दिउँसो १ बजे बस्ने भनिएको नेकपाको सचिवालय बैठक समेत स्थगित भएको छ ।

नेकपामा पछिल्लो समय देखिएको स्कुल विभागको विवाद समाधानका लागि दुई अध्यक्षबीच सोमबार ३ घन्टा छलफल भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजेदेखि साँझ सात बजेसम्म ओली र प्रचण्डबीच छलफल भएको थियो । दुई अध्यक्षको छलफलमा महासचिव विष्णु पौडेल समेत सहभागी भएको जनाएको छ ।महासचिव पौडेलले भने आगामी बैठकबाट स्कुल विभागको दावी टुंगो लाग्ने बताउदै आएका छन् ।

उनले भने, ’दुई जनाले स्कुल विभागमा इच्छा देखाउनु भएको छ त्यो सचिवालय बैठकले टुंगो लगाउँछ ।’स्रोतका अनुसार आज पनि दुवै अध्यक्षले स्कुल विभागको दावी छाडेका छैनन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पूर्वएमालेका केही नेतासँग र अर्का अध्यक्ष प्रचण्डले पूर्वमाओवादीका नेतासँग अनौपचारिक छलफल गरेपछि दुई अध्यक्षबीच भेटवार्ता भएको थियो ।

नेकपामा स्कुल विभागको जिम्मेवारीका विषयमा चर्को विवाद भैरहेको छ । विभिन्न विभागको भागबण्डा गरेपनि स्कुल विभागका विषयमा दुई अध्यक्षबीच नै कुरा मिल्न सकेको छैन् ।

ओलीले स्कुल विभागमा सचिवालय सदस्य ईश्वर पोखरेललाई ल्याउन खोजेका छन् भने प्रचण्डले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशलाई स्कुल विभागको प्रमुख बनाउन लागि परेका छन् ।

बेलाबेलामा विवादीत अभिव्यक्ति दिने भएकाले पूर्वमाओवादी पक्ष पोखरेललाई स्वीकार नगर्ने अवस्थामा पुगेको छ । पूर्वएमालेका नेताहरु समेत पोखरेललाई स्कुल विभागको जिम्मेवारी दिन नहुने पक्षमा छन् ।

प्रकाशित मिति : २०७६, ६ श्रावण सोमबार  ९ : ४४ बजे

जेन–जी बिद्रोहका नाममा भएको आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न प्रतिष्ठानको माग

काठमाडौ । राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले आज एक बिज्ञप्ती मार्फत

काठमाडौंबाट ग्यास गनसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार काठमाडौंमा

कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन

काठमाडौं । कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

प्रचण्डको लगानी रहेको भन्दै रिसोर्टमा आगजनी गर्ने पाँच जना पक्राउ

पोखरा । जेन-जी आन्दोलनका क्रममा पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको

हरिसिद्धीमा विप्लव, घनश्याम र जनार्दनबीच छलफल

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द *‘विप्लव’*लाई भेट्न माओवादी केन्द्रका