२०८३, २४ आश्विन आईतबार

सरुवामा मन्त्री महासेठको कीर्तिमान

सरुवामा मन्त्री महासेठको कीर्तिमान


काठमाडाैं, साउन ५ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मन्त्रालयको सचिव र विभागीय प्रमुखहरूको सरुवामा कीर्तिमान कायम गरेका छन्। कार्यकाल सम्हालेको १६ महिनामा मन्त्री महासेठले तीन सचिव र आठ विभागीय प्रमुखको सरुवा गरिसकेका छन्। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

सरकार गठन हुनेबित्तिकै सचिवको सरुवा एकैसाथ मन्त्रिपरिषद्बाट गरिएको थियो। यसका लागि सबै मन्त्रीले आआफ्ना रोजाइका सचिवलाई मन्त्रालयमा ल्याएका थिए। महासेठले तत्कालीन सचिव देवेन्द्र कार्कीलाई हटाएर २०७४ चैतमा मधुसूदन अधिकारीलाई ल्याएका थिए। उनले गत जेठमा अधिकारीलाई हटाएर फेरि कार्कीलाई ल्याए।

मन्त्री महासेठले सडक विभागका तीन जना महानिर्देशक पनि फेरिसकेका छन्। यति छोटो अवधिमा बारम्बार कर्मचारी सरुवाले मन्त्रालयको कामकारबाही प्रत्यक्ष प्रभावित भएका छन्। आफ्नो दबाब नमान्ने विभागीय प्रमुखलाई सरुवा गर्ने गरेको आरोप उनीमाथि छ। महासेठ मन्त्री हुँदा सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देललाई मन्त्रालय तान्दै उनको ठाउँमा २०७५ जेठमा रवीन्द्रनाथ श्रेष्ठलाई जिम्मेवारी दिइएको थियो।

महासेठले ११ महिनापछि श्रेष्ठको ठाउँमा मन्त्रालयका वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख केशवकुमार शर्मालाई महानिर्देशक बनाए। मन्त्रालय र विभागका कर्मचारी मात्र होइन, मन्त्री महासठेले दातृ निकायद्वारा सञ्चालित आयोजनाका कर्मचारी पनि आफू खुसी चलाउन थालेका छन्। उनले आफूले चाहेको ठेकेदारलाई ठेक्का दिलाउन विदेशी सहायतामा सञ्चालित आयोजना प्रमुख फेरेको सार्वजनिक भएको थियो।

जापान सरकारको सहुलियतपूर्ण ऋण सहायतामा निर्माण हुन लागेको नागढुंगा–थानकोट सुरुङ मार्गका प्रमुख सञ्जय श्रेष्ठलाई हटाएर केशवकुमार शर्मा (हालका महानिर्देशक) लाई ल्याएका थिए। जापानी कम्पनी हाजमालाई ठेक्का नदिई एउटा चिनियाँ कम्पनीलाई दिलाउन श्रेष्ठलाई हटाएको आरोप उनीमाथि छ। हिउँदयाममै ठेक्कापट्टा भई निर्माण कार्य सुरु हुनुपर्ने यो आयोजनाको हालसम्म ठेक्का सम्झौता हुन सकेको छैन।

प्रकाशित मिति : २०७६, ५ श्रावण आईतबार  ७ : १८ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि