२०८३, २ आश्विन शनिबार

परराष्ट्रमन्त्रीसहित १४ जनाद्वारा अङ्ग दान

परराष्ट्रमन्त्रीसहित १४ जनाद्वारा अङ्ग दान


भक्तपुर, ३ साउन : परराष्ट्रमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवाली दम्पत्तीले आफ्ना शरीरका बिभिन्न अङ्ग मृत्युपश्चात जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्नेगरी अङ्गदानको घोषणा गर्नुभएको छ ।

आज शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले अङ्गदानको घोषणा गर्नुभएको हो । ज्ञवाली दम्पत्तीले मृत्युपश्चात मिर्गौला, मुटु, फोक्सो, कलेजो र प्याङक्रियाज, सानो आन्द्रा दान दिने मञ्जुरिनाममा हस्ताक्षर गर्नुभयो ।

कार्यक्रममा मन्त्री ज्ञवालीले आफ्नै स्रोत साधनको सीमित रहँदाको अवस्थामा पनि बिरामीका लागि सक्दो सहयोग गर्न सरकार लागी रहेको बताउनुभयो । अब उपचारका लागि पैसा नभएर ज्यान जानुपर्ने अवस्था नरहने बताउदै उहाँले स्वास्थ्य बीमामार्फत रु एक लाखसम्मको औषधि उपचारका लागि सरकार लागिरहेको बताउनुभयो ।

कार्यक्रममा केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले अङ्ग दान गर्ने कानुनी व्यवस्था रहे पनि चेतनाको अभावका कारण हुन नसकिरहेको बताउनुभयो । कानून बनेको दुई वर्षमा तीन जनाबाट मात्रै अङ्ग लिएर ६ जनालाई मिर्गौला, एकजनालाई कलेजो प्रत्यारोपण गरिएको बताउनुभयो । कार्यक्रममा परराष्ट्रमन्त्रीका धर्मपत्नी सरस्वती ज्ञवाली, परराष्ट्र मन्त्रालयका अधिकृत टीकाराम ज्ञवाली, भक्तपुर अस्पतालका पूर्वअध्यक्ष सुरेश न्यौपाने, वर्तमान अध्यक्ष मिलन सुवाल, मानव अङ्ग प्रत्यारोप केन्द्रका डा रविभूषण सुवाललगायत १४ जनाले पनि अङ्ग दानको घोषणा गर्नुभएको छ । रासस

प्रकाशित मिति : २०७६, ३ श्रावण शुक्रबार  ७ : ३७ बजे

गगनको ओली-प्रचण्डलाई जवाफ : ‘रास्वपालाई अलग गर्न मिल्दैन’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका नाममा राजनीतिक

संविधानको सफलता नागरिकले अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा मगर

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संविधानको सफलता

संविधान दिवसमा इनरुवामा देखियो उत्सव

इनरुवा । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शनिबार सुनसरी

च्यासलबाट ओलीको हुंकार : ‘१० वटा महाभारत लडेर आएको हुँ, यत्तिकै ढल्दिनँ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।