२०८२, ४ पुस शुक्रबार

तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न सभामुखको आग्रह

तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न सभामुखको आग्रह


धुलिखेल, ३ साउन : सभामुख कृष्णबहादुर महराले स्वच्छ, स्वतन्त्र र तथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ । संसद् सचिवालयद्वारा आज यहाँ आयोजित संसदीय सञ्चारको प्रभावकारिता अभिवृद्धिका लागि अन्तरसंवाद कार्यक्रममा उहाँले भन्नुभयो, “व्यक्तिगत चरित्र हत्या गर्ने, तथ्यमा आधारित नभएका समाचारले विश्वासनीयता पाउँदैनन ।”

“हाम्रो उद्देश्य भनेको देश र जनताको पक्षमा हुनुपर्छ”, भन्दै सभामुख महाराले संसद्का गतिविधि र सत्यतथ्यमा आधारित विषयवस्तु जनतासमक्ष पु¥याएर सहयोग गर्न आग्रह गर्नुभयो ।संसद्मा उठेका विषयलाई सम्बोधन गर्न सरकारले जिम्मेवारी बोध गर्न आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, “सरकारले जति जिम्मेवारी बोध गर्छ, त्यति नै संसद् प्रभावकारी हुन्छ ।”

सङ्घीय प्रणालीमा अभ्यस्त नभएका कारण तीन तहका सरकारका अधिकारलाई मिलाएर अगाडि लैजाने विषयमा अलमल जस्तो देखिए पनि गौरवपूर्ण सङ्घर्षको इतिहास रहेको हुँदा वर्तमान चुनौतीलाई पार लगाएर अगाडि बढ्न सकिने विचार व्यक्त गर्नुभयो ।राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले सत्य र खोजमूलक समाचार सङ्कलन गरेर जनता र संसद्लाई सहयोग पु¥याउन सञ्चारकर्मीसँग आग्रह गर्नुभयो । संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले दुवै सदनका काम कारवाही र बैठकको प्रत्यक्ष प्रशारण मिडिया सेन्टर र युटुबमार्फत लाइभ गर्न सकिने व्यवस्था भइरहेको बताउनुभयो । उहाँले सचिवालयबाट उपलब्ध सूचनाको यथार्थ विश्लेषण होस् भन्ने चाहनालाई सहजरुपमा ग्रहण गर्न आग्रह गर्नुभयो ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी र राष्ट्रियसभा सचिव राजेन्द्र फुयाँलले सङ्घीय संसद्लाई मुख्य क्षेत्र बनाएर काम गर्ने पत्रकारको अभिवृद्धि गर्न तथा संसद् र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमबीचको सम्बन्ध विकास गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।नेपालस्थित यूएनडीपीका प्रतिनिधि यइशानी लेबले दिगो विकासको लक्ष्य हासिल गर्ने नेपालको अठोटलाई सहयोग पु¥याउन यूएनडीपीले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभयो ।

दुईदिने अन्तरसंवाद कार्यक्रममा राष्ट्रिय सञ्चारमाध्यमका ५० जना पत्रकारहरुको सहभागिता छ । कार्यक्रममा विज्ञका तर्फबाट राजनीतिक विश्लेषक तथा संविधानसभाका पूर्वसदस्यहरु हरि रोका र संविधानसभाका सदस्य पूर्वमन्त्री रमेश लेखक, राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेल, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँले, संसदीय मामिला पत्रकार समाजका अध्यक्ष नारायण काफ्लेलगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । रासस

प्रकाशित मिति : २०७६, ३ श्रावण शुक्रबार  ७ : २९ बजे

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा