२०८२, १२ माघ सोमबार

‘भारतीय बाँधका कारण तराई डुबानमा’ :सांसद सुवाल

‘भारतीय बाँधका कारण तराई डुबानमा’ :सांसद सुवाल


भक्तपुर, ३ साउन: नेपाल मजदूर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले अन्तर्राष्ट्रिय मापदण्डविपरीत बनेका भारतीय बाँध र तटबन्धका कारण तराई बाढी र डुबानको मारमा परेको बताउनुभएको छ ।

भक्तपुर नगरपालिकाले सञ्चालन गरेको एक तालीमको आज समापन कार्यक्रममा उहाँले भारतीय तटबन्धले पारेको समस्या समाधान गर्न सरकार लाग्नुपर्ने बताउनुभयो । दरबार क्षेत्रमा अवस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन जीर्णोद्धार गर्न पुराना प्रमाण भेटाउन नसक्दा ढिलाइ भइरहेको बताउँदै उहाँले ऐतिहासिक र सांस्कृतिक महत्व बोकेका सम्पदा तथा सार्वजनिक र पर्ती जग्गाको अभिलेखीकरण राख्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी लगायतले भक्तपुरको प्राचीन इतिहास खोतल्न भक्तपुरका पुराना फोटोग्राफरलाई अगाडि ल्याउन आवश्यक भएको बताउनुभयो ।रासस

प्रकाशित मिति : २०७६, ३ श्रावण शुक्रबार  ६ : ३७ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै