२०८३, २ आश्विन शनिबार

उद्धार तथा राहत उच्च प्राथमिकतामा छः गृहमन्त्री थापा

उद्धार तथा राहत उच्च प्राथमिकतामा छः गृहमन्त्री थापा


काठमाडौँ, ३ साउन : सरकारले बाढीपहिरो र डुबानबाट पीडितहरुको उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ । गृहमन्त्री रामबहादुर थापाले देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण भएको जनधनको क्षतिको विवरण सङ्कलन गरी खोज, उद्धार तथा राहत वितरणको कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गरिएको जानकारी दिनुभयो ।

राष्ट्रियसभाको आजको बैठकमा प्रस्तुत भएका सार्वजनिक महत्वका प्रस्तावमाथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै उहाँले गत असार २६ गतेदेखिको अविरल वर्षाले ३४ जिल्ला प्रभावित भएका तथा हालसम्म ९० जनाको मृत्यु भएको, ४१ जना घाइते, २९ जना बेपत्ता र एक हजार ३०० भन्दा बढी घरपरिवार विस्थापित भएका जानकारी गराउनुभयो ।

उहाँले प्रभावित क्षेत्रमा तीनवटै सुरक्षा निकायका ४१ हजार सुरक्षाकर्मी परिचालन भएका र आजसम्म तीन हजार ३६६ जनाको सकुशल उद्धार गरिएको बताउनुभयो । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको, प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिनुका साथै बेपत्ता भएका व्यक्तिको खोजीकार्य भइरहेको छ । उद्धारको कार्यमा सम्बन्धित जिल्लास्थित सबै सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, रेडक्रसलगायत विभिन्न सामाजिक सङ्घ संस्था परिचालन गरिएका गृहमन्त्री थापाले सदनलाई जानकारी गराउनुभयो ।

उहाँले राहत, उद्धार तथा पुनःस्थापनाका लागि अझ प्रभावकारी बनाउन तीन वटै सरकार समन्वयात्मक रुपमा परिचालन भएका उल्लेख गर्दै हराइरहेकाको खोजीकार्य जारी रहेको जानकारी गराउनुभयो । विपद् न्यूनीकरण र व्यवस्थापनका लागि बाढी र वर्षाको पूर्व सूचना प्रणाली सक्रिय गराइएको छ भने सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट सुसूचित गरिएको बताइएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको र नेपाल टेलिकमको वैकल्पिक तरिकाबाट सञ्चार पर्वाह गरिएको छ ।

आपतकालीन उद्धार तथा राहतका लागि हेलिकप्टर तैनाथ अवस्थामा राखिएको, १४ स्थानमा तटबन्ध निर्माण, नौ स्थानमा पहिरो पन्छाउने, सात स्थानमा खोलाको निकास खोल्ने काम भइरहेको गृहमन्त्री थापाले जानकारी दिनुभयो । डुबान क्षेत्रमा रोग फैलिन नदिन आवश्यक औषधिसहित स्वास्थ्यकर्मी परिचालन गरिएको छ । जलवायु परिवर्तनको जोखिम विश्वमै चुनौतीका रुपमा देखा परेको र विकसित मुलुकका कारण नेपाल प्रत्यक्ष मारमा परेको उहाँले बताउनुभयो ।रासस

प्रकाशित मिति : २०७६, ३ श्रावण शुक्रबार  ५ : ३४ बजे

गगनको ओली-प्रचण्डलाई जवाफ : ‘रास्वपालाई अलग गर्न मिल्दैन’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका नाममा राजनीतिक

संविधानको सफलता नागरिकले अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा मगर

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संविधानको सफलता

संविधान दिवसमा इनरुवामा देखियो उत्सव

इनरुवा । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शनिबार सुनसरी

च्यासलबाट ओलीको हुंकार : ‘१० वटा महाभारत लडेर आएको हुँ, यत्तिकै ढल्दिनँ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।