२०८३, ३० श्रावण आईतबार

पूर्वप्रधानमन्त्री भ्रष्टाचार आरोपमा पक्राउ

पूर्वप्रधानमन्त्री भ्रष्टाचार आरोपमा पक्राउ


लाहोर, २ साउन: पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खक्वान अब्बासीलाई बिहीबार गिरफ्तार गरिएको छ । भ्रष्टाचारसम्वन्धी मुद्दा हेर्ने अदालतमा उहाँलाई लगिने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । वर्तमान् प्रधानमन्त्री इमरान खानका पूर्ववर्ती अब्बासी प्रतिपक्षी दलका नेताहरूमध्ये प्रभावशाली नेता मानिनुहुन्छ ।

उहाँ पाकिस्तान मुस्लीम लिग नवाज (पिएमएल—एन) का नेता हुनुुहुन्छ भने सो पार्टी पछिल्लो निर्वाचनमा नराम्ररी पराजित भएको थियो । “अब्बासीलाई गिरफ्तार गरिएको छ, उहाँलाई आज वा भोलि अदालतमा लगिनेछ” एक वरिष्ठ सरकारी अधिकारीले भने । नाम नखुलाउने शर्तमा एक अधिकारीले दिएको गिरफ्तारसम्वन्धी सूचनालाई अर्का सरकारी अधिकारीले पनि पुष्टी गरेका छन् ।

अब्बासीले सन् १९१७ को अगस्टदेखि २०१८ मेसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । अर्का पूर्व राष्ट्रपति असिफ अली जर्दारीलाई भ्रष्टाचारको आरोपमा गिरफ्तार गरिएको एक हप्तापछि अब्बासीलाई गिरफ्तार गरिएको हो । अब्बासीका पूर्ववर्ती प्रधानमन्त्री नवाज सरिफलाई भने यसअघि गत बर्ष नै सात बर्षे जेल सजायको फैसला सुनाइएको थियो ।

भ्रष्टाचारविरुद्ध काम गर्ने अधिकारीहरूले नवाजका भाई शभाज सरिफलाई पनि लक्षित गरिरहेको बताइएको छ । पाकिस्तानमा भ्रष्टाचार ठूलो समस्याकोरूपमा रहेको छ । एक बर्ष अगाडी प्रधानमन्त्रीका रूपमा इमरान खान निर्वाचित भएपछि उहाँले भ्रष्टाचार विरुद्धको कारबाहीलाई उच्च प्राथमिकता दिनुभएको छ । रासस

प्रकाशित मिति : २०७६, २ श्रावण बिहीबार  ७ : १३ बजे

भृकुटीमण्डपमा भविष्यको मोबिलिटीको झलक : पाँच दिनमै डेढ लाख दर्शक, आज नाइमा एक्स्पोको अन्तिम दिन

काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को

इजरायल चुनावमा नेतन्याहुलाई झट्का, आइजेनकोटको यशार २५ सिटसहित पहिलो

काठमाडौं । इजरायलको आगामी आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लिकुड पार्टीलाई

रोल्पामा पाँच दिनमै पहिरोबाट १७ जनाको मृत्यु, एक अझै बेपत्ता

रोल्पा । अविरल वर्षापछि आएको पहिरोले घर पुर्दा रोल्पामा थप

पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश

वर्षाले देशभरका राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा पहिरो, बाढी