२०८२, ६ जेष्ठ सोमबार

साउन महिनामा मासु र रक्सी किन खानु हुदैन हेर्नुहोस् वैज्ञानिक कारण सहित

साउन महिनामा मासु र रक्सी किन खानु हुदैन हेर्नुहोस् वैज्ञानिक कारण सहित


काठमाडौं १ साउन : महिनालाई विशेष पवित्र महिनाको रुपमा हेरिने गरेको छ । यस महिनालाई महिलाहरुले भने विशेष चाडकै रुपमा लिने गरेको छन् ।

विशेषत हिन्दुधर्मलम्बीहरुको लागि साउन विशेष हुन्छ । यस महिनाको सोमवार महादेवको व्रतबस्ने प्रचलन पनि रहि आएको छ भने यस महिनामा माछा मासु नखाने चलन पनि रहेको छ ।पौराणिक मान्यता अनुसार साउन महिना देवताहरुका पनि देबता महादेब शंकर अर्थात् शिवको महिनाका रुपमा लिइन्छ । पार्वतीले साउन महिनाभरी निराहार रही कठोर ब्रत बसेर भगवान शिवलाई प्राप्त गरेकी हुनाले भगवान शिवलाई यो महिना बिशेष हुन गयो भन्ने पनि बुढापाकाहरुको मुखबाट सुन्ने गरिन्छ ।

हुन त शिवको पूजाआजा बालाचर्तुदशी – मंसिर, माघे संक्रान्ति – माघ, शिवरात्री – फागुन अक्षय तृतीया – बैशाखजस्ता अरु महिनामा पनि विशेष रुपमा हुन्छ । यद्यपि महिनाभरीनै शिवको पूजा हुने महिना भने साउन मात्र हो । हरेक महिनामा आउने चाडपर्व तिथिमितिको अर्थ महत्वपूर्ण छ ।

वर्षयाम चलिरहेको हुँदा शास्त्रमा बताइए अनुसार धान रोप्नु, साउने संक्रान्तिमा तुलो फाल्नु, साउने सोमबमरका दिन ब्रत बस्नु आदि काम भने पिता पुर्खादेखिको विश्वासमा साउन महिनामानै गरिन्छ ।

विवाहित भए श्रीमानको दीर्घायु र परिवारको सुख, शान्ति र प्रेमका निम्ति, अविवाहित भए असल श्रीमान पाउने उद्देश्यले साउनभरी भगवान शिवको पूजा – आरधना गरि ब्रत बस्ने गर्छन् ।

साउने सोमबार बिद्याका लागि पनि राम्रो मानिन्छ । शिवजिको पूजा–आरधना गर्दा महिलाहरुलाई असल श्रीमान प्राप्त हुने, व्यापार राम्रो हुने एवं किसानको खेतीपाती सप्रने विश्वास गरिन्छ ।

साउन महिनामा बढी वर्षा हुने , झरी पर्ने र किटाणुको संक्रमण हुने हुँदा तुलो फाल्ने चलन पनि छ । यो समयमा रोगहरु लाग्ने बढी सम्भावना भएकाले मासु,लसुन एवं उत्तेजित हुने खाना खानु हुदैन । पहिले महिलाहरु साउनमा आफुसंग भएका गरगहना, साडी, टीका, लगाई सजिने तथा सोमबार चोखो खाएर ब्रत बस्ने चलन थियो ।

पहाडमा भने यो पर्व त्यती मान्ने र ब्रत बस्ने चलन थिएन । यद्यपि केही समययता भने तराई तथा भारतिय संस्कृति, टेलिभिजन, चलचित्र आदिको प्रभावले साउन अर्थात् साउने सोमबार एउटा पर्वको रुपमा बिकसित भएको छ ।

हरियो चुरा, हरियो बस्त्र लगाउने कुरालाई प्रमाणित गर्न सकिएको छैन । साउन महिना भरि हरियो चुरा, हरियो बस्त्र र हत्केलाभरि मेहन्दीले सजिएका किशोरी, युवती र प्रौढहरुलाई देख्दा हिन्दु संस्कृति, संस्कार र विश्वास अझ गाढा हुदै गएको छ ।

धार्मिक कारण : यसै पनि हिन्दू धर्ममा मद्यपान र मांसाहारलाई राम्रो दृष्टिले हेरिन्न । त्यसैपनि साउन जस्तो पवित्र महिनामा त यिनीहरूको सेवन वर्जित नै छ । शिवशक्तिको पूजन गर्ने पवित्र महिनामा अपवित्र मासु र रक्सी किन पिउनु ?

जीवहत्या गर्नु यसै पनि पाप हो र पवित्र साउन महिनामा यो पाप बोक्नु अनुचित छ । यो महिना पशुहरूको प्रजननको समय हो र गर्भावस्थामा रहेको पशुको हत्या गरेर निकालिएको मासु खाएर पापको भागिदार हुनु हुँदैन ।

वैज्ञानिक कारण : रक्सी त जुनसुकै बेलामा पनि पिएको नराम्रै हो । स्वास्थ्यलाई नराम्रो असर गर्छ यसले । साउनमा पनि किन रक्सी पिउनु त रु अनि मासुको कुरा गर्दा साउनमा बादल लागेर हाम्रो शरीरले सूर्यको प्रकाश राम्ररी पाउँदैन ।

यसले गर्दा हाम्रो पाचनशक्ति कमजोर हुन्छ र मासु जस्तो छिट्टै नपच्ने कुरा लिँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या आइलाग्छन् । बर्खाको मौसममा पशुहरूलाई अनेकौं किसिमका संक्रामक रोग लाग्छन् र त्यस्ता रोगी पशुको मासु खाँदा रोग सर्छ भन्ने चलन पनि रहि आएको छ ।

प्रकाशित मिति : २०७६, १ श्रावण बुधबार  २ : ०३ बजे

वायु सेवा निगमलाई ‘धर्मपुत्र’ सरह पालिराख्नु पर्दैन् : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल

वातावरणीय समस्याको अन्त्यका लागि धेरै काम गर्नुपर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरणीय समस्याको अन्त्यका लागि

सुरु भयो उभौली पर्वको रौनक (फोटो फिचर)

काठमाडौं । सोमबार किराँत समुदायले उभौली पर्व धुमधामसँग मनाउँदैछन् ।

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र

अटो मेकानिक्स ट्रेड यूनियनको अध्यक्षमा मन्सुरी

सिन्धुलीः नेपाल अटोमेकानिक्स ट्रेड यूनियन कमलामाई नगर समिति गठन भएको