२०८२, ३१ असार मंगलबार

बस दुर्घटनामा तीन शिशुसहित १३ जनाको मृत्यु

बस दुर्घटनामा तीन शिशुसहित १३ जनाको मृत्यु


तेहरान, ३१ असार: इरानको मध्य क्षेत्रमा मङ्गलबार भएको एक सडक दुर्घटनामा परी कम्तीमा तीन बालबालिकासहित १३ इरानीको मृत्यु भएको इरानी प्रहरीलाई उद्धृत गरी राज्य सञ्चालित समाचार संस्था (आईआरएनए) ले जनाएको छ ।

सन् १९७० ताका बनेको मर्सेडिज बेन्ज कम्पनीको मिनीबस आइसाफान प्रान्तको ओरालो सडकमा गुडिरहेका समय चिप्लिएर खोल्सामा खसेको र घटनामा गाडीमा रहेका तीन शिशुसहित १३ जनाको मृत्यु भएको खान्सार शहरका प्रशासक मन्सूर कामालीले बताउनुभयो ।

इरानी सडकहरूको सामान्य राम्रो अवस्थाका वाबजूद पनि सडक दुर्घटनामा धेरै नागरिक गुमाउने मुलुकहरूको सूचीमा इरान रहेको छ । इरानमा हुने सडक दुर्घटनामा पूराना गाडीको प्रयोग तथा दुरावस्थामा रहेका गाडी र चालकको लापर्बाही नै मुख्यरूपमा जिम्मेवार रहने गरेको बताइने गर्छ । रासस÷एएफपी

प्रकाशित मिति : २०७६, ३१ असार मंगलबार  ९ : १९ बजे

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे

यी स्थानमा आज भारी वर्षा तथा हावाहुरीसमेतको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।