धुलिखेल, असार २९ गते : तामाङ समुदायको बाग्लो बसोबास रहेको तेमाल गाउँपालिकाले आफ्नो नीति र कार्यक्रममा बोधिचित्त खेतीको प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेको छ ।
गाउँपालिकाका प्रमूख सलाम सिंह लामाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि गाउँसभामा पेश गरेको नीति र कार्यक्रममा बोधिचित्रलाई पहिलो प्राथमिकता दिइएको हो । नीति तथा कार्यक्रम गाउँसभाले पारित समेत भइसकेको छ । तेमालमा अहिले पनि बोधिचित्त बिक्रीबाट करोडौँ रकम भित्रिने गरेको छ । पालिकाले आफ्नो नीति र कार्यक्रममा तेमालको पहिचान र आर्थिक स्रोतको मुहानको रुपमा बोधिचित्र मालालाई ब्याख्या बोधिचित्र खेतीको प्रवद्र्धन गर्ने र मालाको निकासिमा सहज बनाउने उल्लेख गरेको हो ।
पालिकाले तेमालको शान्ति र समृद्धिको आधारः पर्यटन, संस्कृति, दिगो विकास र पूर्वाधार भन्ने मुल नारा लिएछ । सोहि अनुसारे बोधिचित्तको फल हेर्न स्वादेशी तथा विदेशी पर्यटक समेत तेमालमा भित्र्याउन सकिने भन्दै गाउँपालिकाले विशेष महत्व दिएको छ ।
बोधिचित्तका लागि विश्वकै उपयुक्त हावापानी तेमाललाई मात्रै मानिन्छ । समुन्द्री सहतको ३ देखि २१/२२ फिटसम्म यसको बोट रोप्न सकिने बताइएको छ । तिमालको बोल्देफेदिचे, सस्र्यूखर्क, मेच्छे, ठूलोपर्सेल, पोखरीनारायणस्थान, कुरुवास चापाखोरी र सरमथली वडाहरुमा यसको ब्यवसायीक खेती नै सुरु भएको छ ।
एक सय आठ वाट दानाबाट तयार पारिएको बुद्धचित्तको माला बुद्धका अनुयायी तथा बौद्ध धर्मावलम्बीहरुले आध्यात्मिक चिन्तन र शान्तिका लागि बुद्धत्व प्राप्त गर्न “अँ मनि पेमा हुँ, अँ मनि पदमे हुँ” भन्दै जप्ने गरेका छन् । बुद्धचित्तलाई तामाङ समुदाय र विशेषगरी तिब्बती तथा चिनियाँहरुले सामाजिक, धार्मिक एवं सांस्कृतिक रुपमा प्रयोग गर्ने गरेका छन् । अहिले बजारमा एक सय ८ वटा सानो दानाले बनेको माला सुनभन्दा तेब्बर महँगो छ ।
वर्षौ देखि तेमालका स्थानीयहरुले आफ्नो कसेरा बारीमा रोपेको बोटबाट पछिल्लो समय मनग्य आम्दानी आएपछि अहिले जिल्ला भर बुद्धचित्तको खेती विस्तार हुन थालेको छ । तर गाउँपालिकाले नीतिगत ब्यवस्था नै गरेर यसको प्रवद्र्धन गर्ने अठोट गरेको हो ।
त्यस्तै तेमाल गाउँपालिकाले तय गरेको योजना मध्ये अर्को महत्वपूर्ण योजना हो, तेमाल प्रतिभाशाली छात्रवृत्ति कार्यक्रम । यो कार्यक्रममा मार्फत तेमाल गाउँपालिका भित्र स्थायी वसोवास गर्ने र तेमाल भित्रकै सामुदायिक विद्यालयबाट एसइइ (कक्षा ८ समेत) उत्तीर्ण गरी प्राविधिक तर्फको उच्च शिक्षा अध्ययन गर्ने ९हेल्थ असिष्टेण्ट र सिभिल इञ्जीनियर० विद्यार्थीहरुका लागि छात्रवृत्तिको व्यवस्था गरिनेछ । यसै वर्षदेखि हेल्थ असिष्टेण्ट अध्ययन गराउन र सिभिल इञ्जीनियरको लागि कलेजसँग सम्झौता गर्ने नीति लिइएको छ ।
पालिकाले आफ्नो नीति र कार्यक्रममा शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग, श्रमलाई रोजगारीसँग, रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई समृद्धिसँग जोडी सुखी र समृद्ध नेपालीको राष्ट्रिय परिकल्पना पूरा गर्ने दिसामा तेमाललाई अग्रसर गराउन सबैको सहमतिमा प्राविधिक धारको शिक्षालय स्थापनाका लागि संभाव्यता अध्ययन गरिनेछ समेत उल्लेख गरेको छ ।
तेमाल गाउँपालिकाका प्रमूख सलाम सिं तामाङले गाउँसभा प्रस्तुत गरेको नीति र कार्यक्रमको पूर्ण रुप
प्रतिक्रिया