२०८३, १५ कार्तिक आईतबार

पूर्वराजा ज्ञानेन्द्र सपरिवार हात्तीवनमा

पूर्वराजा ज्ञानेन्द्र सपरिवार हात्तीवनमा


काठमाडौं, २४ असार : आफन्तको आशौचका कारण २३ असारको जन्मोत्सव नमनाउने निर्णयमा पुगेका पूर्वराजा ज्ञानेन्द्र सपरिवार फर्पिङस्थित हात्तिवन रिसोर्टमा पुगेका छन् । जन्मदिनको अघिल्लो दिन आइतबार हात्तिवन रिसोर्ट पुगेका थिए । उनीसँग पूर्व श्री ५ लाग्ने सबैको हात्तिवन रिसोर्टमा जमघट छ । विगत वर्षमा राजावादी समूहले उनको जन्मदिनमा रामै साथ दिएको भएतापनि यस पटक ७३आंै जन्मदिन मनाउने जाँगर भने उनले देखाएनन् ।

ज्ञानेन्द्रले, पूर्वरानी कोमल, हिमानी, नातिनीद्वय पूर्णिका र कीर्तिका, नाति हृदयेन्द्र लिएर आइतबार दिउँसै रिसोर्टमा पुगेका थिए । सोमबार बिहान छोरा पारस, वालसखा प्रभुशम्सेर जवरा, पूर्व सैनिक सचिव शान्तकुमार मल्लसहित आफन्तहरु रिसोर्ट पुगेका थिए । आज रात्रीभोज मनाउन छोरी, ज्वाइ, धीरेन्द्र–पुत्री र जवाईहरु, बहिनीलगायत पूर्व श्री ५ लाग्ने सबैको जमघट हुनेभएको छ ।

बन्दोबस्तीका लागि निजी सचिव सागर तिमल्सिनाबाहेक अन्य कर्मचारीको उपस्थिति देखिएको छैन । कुनैपनि कर्मचारीले ज्ञानेन्द्रलाई शुभकामना दिन पाएका छैनन्–एक कर्मचारीले नेपाल समाचारपत्रलाई भने । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति : २०७६, २४ असार मंगलबार  ६ : ५१ बजे

काठमाडौँमा ‘काठमाडौँ हरर फिल्म फेस्ट’ : आज साँझ समापन

काठमाडौँ । प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने अन्तर्राष्ट्रिय पर्व

नबिल बैंकको नाफामा उछाल : तीन महिनामै कमायो २ अर्ब ५५ करोड, वृद्धि ४५ प्रतिशत

काठमाडौं । नबिल बैंकले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो

मुख्यमन्त्री थापाद्वारा नेपाल–कोरिया मैत्री अस्पतालको आकस्मिक अनुगमन

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई सहज,

नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ : विनायक शाह

काठमाडौं । नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई

आजदेखि नागढुंगा सुरुङमार्गमा शुल्क लाग्ने, सवारीसाधनअनुसार ६० देखि ६०० रुपैयाँसम्म

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग