२०८३, ३१ असार बिहीबार

नियात्रा साहित्यको इतिहास ५२५ वर्ष पुरानो

नियात्रा साहित्यको इतिहास ५२५ वर्ष पुरानो


काभ्रेपलाञ्चोक, १९ असार: नेपालमा नियात्रा साहित्यको इतिहास ५२५ वर्ष पुरानो रहेको पाइएको काभ्रेपलाञ्चोकको धुलिखेलमा बुधबार आयोजित एक सहित्यिक कार्यक्रममा जानकारी दिइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान सामाजिक शास्त्र र आख्यान विभाग तथा नेपाल वाङ्मय परिषद् काठमाडौँद्वारा आयोजित ‘समकालीन नेपाली नियात्रा लेखनमा सामाजिक चिन्तन’ विषयक विचार गोष्ठीमा नियात्राकार जय छाङ्छाले नियात्रा साहित्यको इतिहास विसं १५५० मा तत्कालीन राजा गगनीराजले मुगुदेखि मुस्ताङसम्मको आफ्नो यात्रालाई लिपिबद्ध गरेको सङ्ग्रहलाई मानिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जे जस्तो उद्देश्यबाट पे्ररित भएर कृतिको जन्म भए पनि नेपाली नियात्रा साहित्यको इतिहास आरम्भ कृतिका रूपमा उक्त यात्रा सङ्ग्रह सुरक्षित हुन सफल भएको छ ।”

सेलो फाउण्डेनशनद्वारा संयोजित कार्यक्रममा छाङ्छाद्वारा प्रस्तुत ‘नेपाली नियात्रा साहित्यको विकासमा सामाजिक चेतना’ विषयक कार्यपत्रमा विसं १९७० मा शेरसिंह रानाको ‘मेरो लण्डन राजतिलक यात्रा’, विसं १९७४ मा चिरञ्जीवी शर्मा पौड्यालको ‘काश्मीर यात्रा प्रसङ्ग’, विसं १९९६ मा रणशूर लिम्बूको ‘बर्माको सम्झना’, विसं १९९९ मा भवानी भिक्षुको ‘सिमलासम्म’, विसं २०१४ मा लैनसिंह वाङ्देलको ‘यूरोपको चिठ्ठी’ र विसं २०२० मा ‘स्पेनको सम्झना’ तथा विसं २०२२ मा केदारमणि आ.दि.को ‘बेलायत जाँदा’ जस्ता अनेकन नियात्रा कृति प्रकाशित भएको उल्लेख गरिएको छ ।

विसं २०२६ मा डा.तारानाथ शर्माको यात्रा कृति ‘बेलायततिर बरालिँदा’ प्रकाशन भएपछि यात्रा वृत्तान्त वा यात्रा विवरणलाई भाषाविद् बालकृष्ण पोखरेलले ‘नियात्रा’ शब्दले सम्बोधन गरेपछि नेपालमा यस्ता कृतिलाई नियात्रा साहित्य भन्न थालिएको समेत कार्यपत्रमा उल्लेख गरिएको छ । “नेपालभन्दा कयौँ गुणा विकसित पश्चिमा मुलुकहरुमा पनि अझै यस्ता कृतिलाई नामकरण गर्न सकिरहेका छैनन्”, छाङ्छाले भन्नुभयो । उहाँले जीवित प्रमाणिकता नियात्राको प्रमुख तत्व भएकाले कहिले, कहाँ, को, कसरी र किन आदि कुरालाई नियात्राको मुटु मानिने बताउनुभयो ।

वरिष्ठ साहित्यकार मोहन दुवालले नेपाली साहित्यमा यात्रा निबन्ध, यात्रा संस्मरण, यात्रा वृत्तान्त, भ्रमण वृत्तान्त, यात्रा वर्णन आदिको नामबाट नियात्रा साहित्यको सम्बोधन भएको बताउनुभयो । उहाँले करिब ५० वर्षयता नियात्रा लेखनलाई प्रगतितर्फ डो¥याउन छ दर्जनभन्दा बढी सर्जक लागिरहनुभएको जानकारी दिनुभयो । प्रतिष्ठानका शास्त्र र आख्यान विभाग प्रमुख प्रा. दिनेशराज पन्तले नेपालमा शोधग्रन्थको विषयमा प्रतिष्ठानले विशेष चासो दिइरहेको बताउनुभयो ।

प्राज्ञ माया ठकुरीले नियात्रा साहित्यका कारण पूर्वी र पश्चिमी मौलिकता, संस्कृति पहिचान एवं आदानप्रदान भएको बताउनुभयो । प्राज्ञसभा सदस्य नन्दु उप्रेतीले नियात्रा साहित्यले परिवर्तनको संवाहकको भूमिका खेल्नुपर्ने बताउनुभयो । सो अवसरमा फुलमान बल, शारदाप्रसाद शर्मा, राजबाबु श्रेष्ठ, सन्ध्या पहाडी, गोविन्द बस्नेत, हीरामान तामाङ, जगत तामाङ, बिएम लामा, अनामिका सजल, हरिप्रसाद चौलागाईं र निर्भिकजङ्ग रायमाझीले कविता वाचन गर्नुभएको थियो ।रासस

प्रकाशित मिति : २०७६, १९ असार बिहीबार  ७ : ३९ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै