२०८२, २७ चैत्र शनिबार

लागुऔषधसहित छ पक्राउ

लागुऔषधसहित छ पक्राउ


म्याग्दी, २ असार: लाागुऔषधसहित बेनीबाट छ पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई युवती पनि छन् । उनीहरुको साथबाट ८६ सेट (डाइजापाम, फेनेरागन र नुर्फिन) बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिनुभयो । उनीहरुलाई जिल्ला अदालतबाट अनुसन्धानका लागि आइतबार १० दिनको म्याद थप गरेर हिरासतमा राखिएको छ ।

पक्राउ पर्नेमा रघुगङ्गा गाउँपालिका–१ बेगका २१ वर्षीय निखिल फगामी, बेनी नगरपालिका–८ की रेजिना श्रेष्ठ र मङ्गला गाउँपालिका–३ बरंजाकी २२ वर्षीया सीता केसी छन् । यस्तै बेनी नगरपालिका–९ गलेश्वरका राजकुमार शेरपुञ्जा, बेनी नगरपालिका–८ का २८ वर्षीय विजय बानियाँ र रघुगङ्गा–६ घर भई हाल बेनी नगरपालिका–७ मङ्गलाघाट बस्ने २० वर्षीय प्रविण छन्त्याल रहेका छन् ।

शङ्कास्पद रुपमा हिँडिरहेका उनीहरुलार्ई गस्तीमा रहेको प्रहरी टोलीले शनिबार राति जाँच गर्ने क्रममा लागुऔषध फेला परेपछि नियन्त्रणमा लिएको हो । उनीहरुले लागुऔषध प्रयोगका साथै ओसारपसारमा समेत संलग्न भएको प्रारम्भिक बयान दिएका छन् । रासस

प्रकाशित मिति : २०७६, २ असार सोमबार  ८ : १२ बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण