२०८२, १८ मंसिर बिहीबार

जिएमआर कम्पनीलाई लक्षित गरी बम विष्फोट

जिएमआर कम्पनीलाई लक्षित गरी बम विष्फोट


अछाम, २५ जेठ : माथिल्लो कर्णाली जलविद्युत् आयोजनास्थलमा जिएमआर कम्पनीको सम्पर्क कार्यालयमा अज्ञात समूहले बम विष्फोटन गराएको छ । अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका–३ असाराघाटमा रहेको जिएमआर कम्पनीले सम्पर्क कार्यालय बनाएको स्थानीय दीपक बिसीको घरलाई लक्षित गरी आज बिहान प्रेसर कुकुर बम विष्फोट गराएको अछाम प्रहरीले जनाएको छ ।

बम विस्फोटबाट घरको पूर्वतिरको भित्ता चर्किएको छ भने टिनले बनेको शौचालय क्षतविक्षत पारी क्षति पु¥याएको छ । यस्तै घरको बरण्डामा राखेको भे७प ९६९८ नंको मोटरसाइकलमा आगजनी गरी ५० प्रतिशत क्षति भएको अछामका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो । बम विष्फोटबाट अन्य मानवीय क्षति भएको छैन् ।

घटनास्थल जिल्ला सदरमुकामबाट एक दिनको पैदल दूरीमा रहेको छ ।घटनाको जिम्मेवारी कसैले नलिएको र विप्लव समूहले विष्फोट गराएको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ । बम विष्फोट गराउने समूह वा व्यक्तिको खोजीकार्यका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन गरिएको छ ।
घटनास्थलबाट तीन किमी पूर्व कर्णाली नदी पारी दैलेख जिल्ला आठविस नगरपालिका–१ डावमा अपर कर्णाली हाइड्रोपावरको सुरक्षार्थका लागि सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा सशस्त्र प्रहरी बलको बेसक्याम्पसमेत रहेको छ ।रासस

प्रकाशित मिति : २०७६, २५ जेष्ठ शनिबार  ९ : १५ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको