२०८२, १६ बैशाख मंगलबार

घोकन्ते शिक्षाले देश विकास हुँदैन : डा भट्टराई

घोकन्ते शिक्षाले देश विकास हुँदैन : डा भट्टराई


बनेपा, २५ जेठ: पूर्वप्रधानमन्त्री एवं सङ्घीय समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले घोकन्ते शिक्षाबाट समाज र देशको विकास हुन नसक्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको पनौतीमा रहेको सिद्धार्थ वनस्थली इन्स्टिच्युटले आज आयोजना गरेको ‘शैक्षिक सामग्री हस्तान्तरण तथा सङ्घीय नेपालमा शिक्षाको महत्व’ विषयको कार्यक्रममा उहाँले संसारलाई बुझ्ने र बदल्ने शिक्षा भएकाले घोकन्ते ढङ्गले पढाउने र पढ्ने गरेर प्रगति हुन नसक्ने बताउनुभएको हो । विकासको लागि शिक्षा आवश्यक भएकाले सबै काम गर्ने मान्छेको चेतनाशक्तिलाई बढाउन सक्ने शिक्षा दिन शिक्षक÷शिक्षिका लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “आधुनिक युगको मन्दिर भनेको नै शैक्षिक केन्द्र हो, जसका पुजारी शिक्षक÷शिक्षिका हुन् । पवित्र थलो विद्यालयलाई परिवर्तन गर्ने मानव चेतनाको विकास उहाँहरुले गर्नुपर्दछ ।”कर्मकाण्डी प्रकारको घोकन्ते शिक्षा दिएर खाली डिग्री मात्रै लिएर निस्कने खालको शिक्षण भएकाले त्यसले कुनै पनि विकासमा टेवा पु¥याउन नसक्ने उल्लेख गर्दै उहाँले अब स्थानीय तहले परम्परागत शैक्षिक प्रणाली बदल्न लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले अमेरिकालगायतका देश धन सम्पत्तिले नभई शिक्षा प्रणालीको माध्यमबाट नै विकास भएको उल्लेख गर्नुभयो ।

प्रयोगात्मक शिक्षाको खाँचो रहेको र त्यससँगै सांस्कृतिक मूल्यमान्यतालाई समेत शिक्षामा समावेश गरेर बुझाउन आवश्यक रहेको उहाँको भनाइ छ ।काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ माकजु श्रेष्ठले शिक्षक जसले शिक्षा दिएर विद्यार्थीलाई शक्तिशाली बनाउने भएकाले उहाँहरुको आदर गर्ने बानीको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले अभिभावकलाई पनि गुणस्तरीय शिक्षा दिनमा नै जोड गर्न आग्रह गर्नुभयो ।

पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले नगरभित्रका विद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि गुणस्तर अभिवृत्तिका काम भइरहेको बताउनुभयो । विद्यालयका सञ्चालक रामेश्वर थापाले शिक्षामा आमूल परिवर्तन आइसकेको अवस्थामा विद्यालय र विद्यार्थीको शिक्षामा अबका दिनमा थप सहयोग आवश्यक रहेको बताउनुभयो । सो अवसरमा विद्यालय सञ्चालक समितिका उपाध्यक्ष राजन मानन्धरले उपलब्ध गराएको ११ स्मार्ट टेलिभिजन सेट नगरभित्र रहेका सामुदायिक विद्यालय र सोही विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

स्मार्ट टेलिभिजन प्राप्त गर्ने विद्यालयमा भालेश्वर माध्यमिक विद्यालय, कुशादेवी माध्यमिक विद्यालय, पुण्य माध्यमिक विद्यालय, श्रीराम माध्यमिक विद्यालय, पाठशाला आधारभूत विद्यालय र इन्द्रेश्वर उच्च माध्यमिक विद्यालय रहेका छन् । सो अवसरमा विद्यालयले शैक्षिक क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई समेत सम्मान गरिएको छ । रासस

प्रकाशित मिति : २०७६, २५ जेष्ठ शनिबार  ६ : ५६ बजे

विश्वभरको मानव अधिकारको अवस्था प्रतिकुल बन्दै गएकोमा चिन्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको प्रभावले विनाशकारी प्रवृत्तिहरूलाई

आजको मौसम : कोशी, मधेस, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु

एनआरएनए एकता महाधिवेशन उदघाटन गर्न राष्ट्रपतिलाई निम्तो 

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को यही वैशाख २०

शिक्षा ऐन तत्काल जारी गर्न महासंघको आग्रह

काठमाडौं: राष्ट्रिय शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलनले शिक्षा क्षेत्रमा गम्भीर

सिन्धुलीका सामुदायिक विद्यालयमा लुकिछिपी विद्यार्थी भर्ना !

सिन्धुली: वर्तमान सरकारका विरुद्ध राजधानी केन्द्रीत सडक संघर्षमा होमिएका सिन्धुलीका