२०८३, २४ आश्विन आईतबार

सामूहिक खेतीमार्फत उत्पादन वृद्धि गर्नुपर्छ : मन्त्री अर्याल

सामूहिक खेतीमार्फत उत्पादन वृद्धि गर्नुपर्छ : मन्त्री अर्याल


विराटनगर, १८ जेठ: भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सामूहिक खेतीमार्फत कृषि उत्पादन वृद्धि गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी विकास बोर्डद्वारा आज यहाँ आयोजित राष्ट्रिय सहकारी नीति, २०६९ पुनरावलोकन प्रदेश नं १ स्तरीय गोष्ठीको उद्घाटन गर्दै उहाँले छिमेकीसँग मिली एकजुट भई सहकारी मोडलमा खेतीगरी कृषि उत्पादनमा आत्मनिर्भर भई आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री अर्यालले सहकारीमा विदेशी सहयोग ल्याउन मुख्यरुपमा आधुनिक प्रविधिको प्रयोग, शीप आर्जन र किसानको उत्पादनको बजारीकरण गर्नुपर्ने औँल्याउनुभयो । सहकारीमार्फत घरेलुदेखि ठूलो परियोजना सञ्चालन गरी जनतामा रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिँदै उहाँले आगामी पाँच वर्षभित्र ५० प्रतिशत सहकारी सरकारी एकीकरण गर्नुपर्ने बताउनुभयो ।

बोर्डका सहअध्यक्ष दक्ष पौडेलले वर्तमान अवस्थामा खेतीयोग्य जमीनको ३३ प्रतिशत मात्र भूमि खेतीमा उपभोग भइरहेको आगामी पाँच वर्षभित्र ५० प्रतिशत र त्यसपछि शतप्रतिशत पु¥याउने लक्ष्यले सरकारीले कार्य गरिरहेको बताउँदै सरकारको विकास र समृद्धको सपना सरकारीले मात्र पूरा गर्ने बताउनुभयो । रासस

प्रकाशित मिति : २०७६, १८ जेष्ठ शनिबार  ७ : १६ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि