२०८२, ४ माघ आईतबार

अझै केही दिन मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना

अझै केही दिन मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना


काठमाडौं, जेठ १७ : उपत्यकासहित मध्य र पूर्वको मौसम शुक्रबार पनि आशिंकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको विहारमा बनेको न्यूनचापीय रेखाको प्रभावले मध्य र पूर्वसँगै पश्चिमको पहाडी क्षेत्रको मौसम एकैछिन खुलेपनि दिउँसोपछि मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको महाशाखाकी मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो ।

अन्य ठाउँको मौसम पनि आशिंक बदली हुने उहाँले बताउनुभयो । मौसमविद् पोख्रेलका अनुसार शनिबारदेखि पश्चिमी वायु नेपाल प्रवेश गर्ने देखिएकाले एक दुई दिन देशभरी कै मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्नेछ ।

बुधबारदेखि नै पानी परिरहेकोले बढ्दै गइरहेको गर्मी भने केही घटेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाण्डाै उपत्यकाको न्यूनतम तापक्रम १६ दशमलव ५ डिग्री र अधिकतम तापक्रम ३० डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति : २०७६, १७ जेष्ठ शुक्रबार  ७ : ५१ बजे

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई