२०८२, २८ चैत्र आईतबार

अझै केही दिन मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना

अझै केही दिन मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना


काठमाडौं, जेठ १७ : उपत्यकासहित मध्य र पूर्वको मौसम शुक्रबार पनि आशिंकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको विहारमा बनेको न्यूनचापीय रेखाको प्रभावले मध्य र पूर्वसँगै पश्चिमको पहाडी क्षेत्रको मौसम एकैछिन खुलेपनि दिउँसोपछि मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको महाशाखाकी मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो ।

अन्य ठाउँको मौसम पनि आशिंक बदली हुने उहाँले बताउनुभयो । मौसमविद् पोख्रेलका अनुसार शनिबारदेखि पश्चिमी वायु नेपाल प्रवेश गर्ने देखिएकाले एक दुई दिन देशभरी कै मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्नेछ ।

बुधबारदेखि नै पानी परिरहेकोले बढ्दै गइरहेको गर्मी भने केही घटेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाण्डाै उपत्यकाको न्यूनतम तापक्रम १६ दशमलव ५ डिग्री र अधिकतम तापक्रम ३० डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति : २०७६, १७ जेष्ठ शुक्रबार  ७ : ५१ बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण