२०८२, ३० श्रावण शुक्रबार

अन्धविश्वासको पाशविक रूपः यौनशक्ति बढाउन नरबली

अन्धविश्वासको पाशविक रूपः यौनशक्ति बढाउन नरबली


काठमाडौं, जेठ १७ : आफूमा भएको दैवी शक्ति बढाउने नाममा नरबली दिने धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरका शत्रुधन महतोलाई प्रहरीले पक्राउ गरेको छ । यौनशक्ति कम हुदै गएपछि महतोले दैबी शक्ति र यौनशक्ति बढाउने नाममा छिमेकी शम्भु साहको अढाइ बर्षीय छोरा समिरकुमार साहको हत्या गरेको खुलासा भएको छ ।

गत बैशाख २४ गते महतोले आर्यनको हसियाले रेटेर बली दिएको २ नम्वर प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । बैशाख २३ गते दिउसो एकाएक समिरकुमार हराएपछि घरपरिवारले खोजी गरेपनि उनी फेला परेका थिएनन ।

अन्धबिश्वासमा बिश्वास गर्दै आएका महतोले आफूमा अपार दैवीशक्ति पाउन र यौनइच्छालाई दर्बिलो बनाउन बालको बलि चढाएको प्रहरीलाई बताएका थिए ।
उनले प्रहरीलाई दिएको बयानमा २ बर्ष देखि श्रीमतीसंग शारिरिक संभोग नगरेको र नरवली दिएपछि यौन शक्ति तथा दैवी शक्ति बढ्ने सुनेको कारण समिरकुमारको हत्या गरेको स्वीकार गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति : २०७६, १७ जेष्ठ शुक्रबार  ७ : १९ बजे

पाँचखालमा आसफाल्ट प्लान्ट स्थापना विरुद्ध स्थानीयको चर्को विरोध

पाँचखाल । पाँचखाल नगरपालिका–८ मा ऐतिहासिक र धार्मिक महत्व बोकेको

विराटनगरमा पहिलो पटक प्रेस चौतारी महानगर समिति गठन, निशान्त ढुंगाना अध्यक्षमा चयन

विराटनगर । प्रेस चौतारी नेपालको इतिहासमा पहिलो पटक विराटनगर महानगर

विराटनगरमा पहिलो पटक प्रेस चौतारी महानगर समिति गठन, निशान्त ढुंगाना अध्यक्षमा चयन

विराटनगर । प्रेस चौतारी नेपालको इतिहासमा पहिलो पटक विराटनगर महानगर

मानबी मोक्तान र टिकाराम तामाङ ‘तामाङ मिडिया अवार्ड २०८२’ बाट सम्मानित हुने

काठमाडौं । तामाङ पत्रकार संघले धनकुटाकी मालती मोक्तान मानबी र

एमाले रसुवा जिल्ला कमिटीको विस्तारित बैठक सुरू

रसुवा । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को रसुवा जिल्ला कमिटीको विस्तारित