२०८२, ३ असार मंगलबार

नेपाल–भारत रेलसेवा सम्झौताका लागि वार्ता टोली गठन

नेपाल–भारत रेलसेवा सम्झौताका लागि वार्ता टोली गठन


काठमाडौं, जेठ १७ : नेपाल–भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकनको तेस्रो बैठकमा भाग लिन ११ सदस्यीय नेपाली वार्ता टोली गठन गरिएको छ । भारतको दिल्लीमा जेठ २३ र २४ गते हुने बैठकमा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हो ।

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँसकोटाले सो टोलीमा कानुन, न्याय तथा संसदीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयका प्रतिनिधित्व समेत रहने जानकारी दिए ।

मन्त्रिपरिषद्को जेठ १०, १३ र १५ गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न बिहीबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा दीपक श्रेष्ठले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, १७ जेष्ठ शुक्रबार  ६ : ४४ बजे

सालघारीको सर्पट फडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फडानी र

कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठसहित)

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/ ८३ का

आज प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२/८३

इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु

इजरायल  । इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु भएको छ। आइतबार

देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त

काठमाडौ । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना भएको छ। भारतिय सञ्चार