२०८२, ४ माघ आईतबार

नेपालमा भयावह बन्दै क्यान्सर, ७५ हजार नेपाली प्रभावित

नेपालमा भयावह बन्दै क्यान्सर, ७५ हजार नेपाली प्रभावित


काठमाडौँ, बैशाख २४ : नेपालमा क्यान्सर भयावह रूपमा देखिदैं गएको छ । मानिसको असन्तुलित खानपान र बदलिँदो जीवनशैलीका कारण क्यान्सरका बिरामीहरूको संख्या दिनप्रति दिन बढ्न थालेको हो । राजधानी दैनिकले समाचार छापेको छ । धुम्रपान र मद्यपान गर्नेहरूमा बढी मात्रामा क्यान्सर देखापर्ने गरेको चिकित्सकको अनुभव छ । यदि धुम्रपान र मद्यपान नगर्ने हो भने मात्रै क्यान्सरका बिरामीको संख्या झन्डै ५० प्रतिशतले घट्ने चिकित्सकहरूको भनाइ छ ।

नेपालमा हरेक वर्ष ३० देखि ३५ हजार क्यान्सरका नयाँ बिरामी थपिने गरेको विभिन्न अध्ययनले देखाएको छ । क्यान्सर सुरुमा नै पत्ता लगाउन सकिए निको हुने भएकाले विशेष सर्तकता अपनाउन चिकित्सको सुझाव छ तर नेपालमा भने अधिकांश व्यक्ति क्यान्सरको अन्तिम चरणमा पुगेपछि मात्रै अस्पताल जाने गर्दा मृत्यु हुने क्रम बढेको छ । बिरामीले सुरुकै अवस्थामा सर्तकता अपनाउन नसक्नाले क्यान्सर रोगले भयावह रूप लिदै गएको चिकित्सकको भनाइण् छ ।

क्यान्सर काउन्सिल नेपालका अनुसार नेपालमा ७५ हजार नागरिक क्यान्सरबाट प्रभावित भएको अनुमान छ । क्यान्सरबाट प्रभावित हुनेमा पुरुषको तुलनामा महिलाको संख्या बढी छ । महिलाको पाठेघरको मुखको क्यान्सर बढी मात्रामा हुने गरेको देखिएको छ । मुख्यतः महिलामा पाठेघरको मुखको क्यान्सर, फोक्सोको क्यान्सर, आन्द्रा, पेटको क्यान्सर र पुरुषमा फोक्सो, घाँटी, आन्द्राको क्यान्सर हुने गर्छ । सुरुकै चरणमा क्यान्सर पत्ता लागेमा निको हुने र अन्तिम चरणमा क्यान्सर हो भनेर पहिचान भएमा प्रभावितलाई बचाउन मुस्किल हुने क्यान्सर रोग विशेषज्ञहरू बताउँछन् ।

क्यान्सर रोग विशेषज्ञ डा. आविश अधिकारीले क्यान्सर एक प्रकारको घाउ भएको भन्दै लामो समयसम्म घाउ देखिए तुरुन्त नजिकको अस्पतालमा गएर स्वास्थ्य जाँच गर्नुपर्ने बताए । उनले भने, ‘क्यान्सरको उपचार हुन्छ तर प्रारम्भिक अवस्थामा अस्पताल पुग्नुपर्छ ।’ उनले चुरोट सेवन नगर्ने हो भने मात्रै क्यान्सर लाग्ने बिरामीको संख्या अत्यधिक घट्ने बताए । काउन्सिलका अनुसार क्यान्सर रोकथामका लागि जनचेतनाका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ ।

प्रकाशित मिति : २०७६, २४ बैशाख मंगलबार  ७ : ०३ बजे

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई