२०८२, २ असार सोमबार

डीएसपीको गोलघरमा रहेका गुण्डा नाइकेसँग कनेक्सन !

डीएसपीको गोलघरमा रहेका गुण्डा नाइकेसँग कनेक्सन !


काठमाडौँ, बैशाख २४ : केन्द्रीय कारागारको गोलघरमा रहेका रमेश बाहुन भन्ने सुजन पौडेल र प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमोद ढुङ्गेलबीच पटक–पटक फोन संवाद भएको घटना सार्वजनिक भएपछि गोलघरको सुरक्षा ब्यवस्थामाथि नै प्रश्न उठेको छ । आजको गोरखापत्र दैनिक लेख्छ– संगठित अपराध (गुण्डागर्दी) मुद्दामा २०७१ सालमा पक्राउ परेका बाहुनका गतिविधि शंकास्पद देखिएपछि गोलघरमा राखिएको थियो ।

सुरक्षाका दृष्टिकोणले संवेदनशील गोलघरका कैदीले हप्तामा एक दिन तीनजनासँग फोन सम्पर्क गर्ने सुविधा हुन्छ । ‘कल डिटेल’ र ‘भ्वाइस रेकर्ड’ हुने ल्याण्डलाइनको टेलिफोन सेटबाट आफन्तलाई फोन गर्नुपर्ने हुन्छ । टेलिफोन संवाद तथा अन्य गतिविधिमाथि सीसी क्यामेराका साथै प्रत्यक्ष रूपमा कारागार कर्मचारी र प्रहरीले सुक्ष्म निगरानी राख्ने गर्छन् ।

सुन्धारास्थित केन्द्रीय कारागारको गोलघरका कैदी बाहुन र डीएसपी कुमोदबीचको बाक्लो फोन संवादमा भने सुरक्षा सतर्कता अपनाएको देखिदैन । महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्र राठौर अपराधीका लागि कारागार पनि सुरक्षित गृह बन्दै गएको जस्तो देखिएको बताए । गृह मन्त्रालयले डीएसपी ढुङ्गेललाई शुक्रवार निलम्वन गरेको छ । गत चैत २६ गते रानीवारीमा भएको डकैती घटनामा संलग्न अभियुक्त नैकापका विक्रम श्रेष्ठसँग पनि डीएसपी ढुङ्गेलको बारम्वार फोन सम्पर्क भएको देखा परेपछि निलम्वन गरिएको मन्त्रालयले जनाएको छ ।

पोखरामा घर किन्न जम्मा राखेको तीनकरोड रुपियाँ लुट्ने योजनाअनुरुप हतियार देखाइ रानीवारीस्थित एक ब्यापारीको घरभित्र जवरजस्ती प्रवेश गरेको अभियोगमा प्रहरीले नैकापका विक्रमसहित चन्द्रागिरिका ३८ वर्षीय नवराज तामाङ र नुवाकोट बेलकोटगढीका २८ वर्षीय ‘दीपेश’ भन्ने सन्तबहादुर तामाङलाई पक्राउ गरेको थियो । उनीहरूको पक्राउसँगै थप अनुसन्धान गर्दा अभियुक्त विक्रम, गोलघरका बाहुन र डीएस्पी कुमोदबीच त्रिकोणात्मक सम्वन्ध देखिएको छ ।

प्रकाशित मिति : २०७६, २४ बैशाख मंगलबार  ६ : ३८ बजे

सालघारीको सर्पट फडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फडानी र

कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठसहित)

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/ ८३ का

आज प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२/८३

इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु

इजरायल  । इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु भएको छ। आइतबार

देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त

काठमाडौ । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना भएको छ। भारतिय सञ्चार