२०८३, ७ कार्तिक शनिबार

बनेपामा खुल्ला फुटबल प्रतियोगिता हुने

बनेपामा खुल्ला फुटबल प्रतियोगिता हुने


धुलिखेल १७ बैशाख : काभ्रे जिल्लाको ब्यापारिक नगर बनेपामा खुल्ला नाइन ए साइट फुटबल प्रतियोगिता हुने भएको छ ।

यहि बैशाख २० गतेदेखि जेठ २ गतेसम्म चल्ने प्रतियोगिताको आयोजना बनेपा ब्वाइज क्लब (बीबीसी) ले गरेको हो । प्रतियोगिता बनेपा बहुप्राविधिक शिक्षालयको खेल मैदानमा हुनेछ ।

मंगलबार बनेपामा पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार प्रतियोगितामा विभिन्न ठाउँका ३६ वटा टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताको बिजेता टिमले नगद २ लाख रुपैयाँ  र ट्रपि पाउने छ भने उपविजेता १ लाख रुपैँया नगद प्राप्त गर्ने बीबीसी क्लबका अध्यक्ष महेश कर्माचार्यले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट गोलकिपर, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले नगद ५ हजार रुपैयाँ पाउने प्रतियोगिताको मूख्य संयोजक मणि कुमार तुम्रोकले बताए । त्यस्तै अनुशासित टिमले १० हजार रुपैयाँ पाउनेछ । हरेक खेलबाट छनौट हुने म्यान अफ दी म्याचका लागि २ हजार रुपैँया प्रदान गरिनेले आयोजकले बताएको छ ।

प्रकाशित मिति : २०७६, १७ बैशाख मंगलबार  १२ : ०५ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने