२०८२, २५ फाल्गुन मंगलबार

बनेपामा खुल्ला फुटबल प्रतियोगिता हुने

बनेपामा खुल्ला फुटबल प्रतियोगिता हुने


धुलिखेल १७ बैशाख : काभ्रे जिल्लाको ब्यापारिक नगर बनेपामा खुल्ला नाइन ए साइट फुटबल प्रतियोगिता हुने भएको छ ।

यहि बैशाख २० गतेदेखि जेठ २ गतेसम्म चल्ने प्रतियोगिताको आयोजना बनेपा ब्वाइज क्लब (बीबीसी) ले गरेको हो । प्रतियोगिता बनेपा बहुप्राविधिक शिक्षालयको खेल मैदानमा हुनेछ ।

मंगलबार बनेपामा पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार प्रतियोगितामा विभिन्न ठाउँका ३६ वटा टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताको बिजेता टिमले नगद २ लाख रुपैयाँ  र ट्रपि पाउने छ भने उपविजेता १ लाख रुपैँया नगद प्राप्त गर्ने बीबीसी क्लबका अध्यक्ष महेश कर्माचार्यले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट गोलकिपर, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले नगद ५ हजार रुपैयाँ पाउने प्रतियोगिताको मूख्य संयोजक मणि कुमार तुम्रोकले बताए । त्यस्तै अनुशासित टिमले १० हजार रुपैयाँ पाउनेछ । हरेक खेलबाट छनौट हुने म्यान अफ दी म्याचका लागि २ हजार रुपैँया प्रदान गरिनेले आयोजकले बताएको छ ।

प्रकाशित मिति : २०७६, १७ बैशाख मंगलबार  १२ : ०५ बजे

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा

मध्यपूर्वको तनाव अन्त्यबारे ट्रम्प-पुटिनबीच कुराकानी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भइरहेको अमेरिकी सैन्य

संखुवासभामा एमालेको जित, अर्जुन कार्की ६३६ मतले विजयी

काठमाडौं । संखुवासभा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेले जित हासिल

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको राजीनामा, कार्यवाहक अध्यक्षमा हिदम लामा

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल