२०८३, ३० जेष्ठ आईतबार

विदेशीसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरिन्छ: प्रधानमन्त्री ओली

विदेशीसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरिन्छ: प्रधानमन्त्री ओली


काभ्रेपलाञ्चोक, ११ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीसँग प्रतिस्पर्धामा उत्रन सक्ने गरी नेपाली जनशक्ति उत्पादन गरिने बताउनुभएको छ । एशियाली विकास बैंक(एडिबी)को ऋण सहयोगमा नवनिर्मित धुलिखेलस्थित सञ्जीवनी नमूना माध्यमिक विद्यालयको १२ कक्षाकोठा रहेका तीन भवन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले विदेशीले माग गर्ने गरी विज्ञ, चिकित्सक, इञ्जिनीयर र शिक्षक तयार पार्नेतर्फ लाग्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले ‘डिजिटल नेपाल, शिक्षित नेपाली र विद्वान् बस्ने नेपाल’ बनाइने बताउँदै भन्नुभयो,“खनिज, पर्याप्त स्रोत भएको उर्वर हाम्रो मुलुकका जनता अनपढ र गरीबको कल्पना गर्न पनि सक्दैनौँ, यस विषयलाई अब केही वर्षमै इतिहास बनाउनेछौँ ।” उहाँले शिक्षकमा गुणस्तर भए विद्यार्थी पनि गुणस्तरीय उत्पादित हुन्छ, सूचना प्रविधिको युगमा आत्मनिर्भरतामुखी शिक्षाको खाँचो आवश्यकता भइसक्यो ।’

प्रधानमन्त्री ओलीले निजी विद्यालयले गुणस्तरका नाममा चर्को शुल्क मात्रै लिएको बताउनुभयो । “चर्को शुल्क भएपछि शिक्षा राम्रो भन्ने आम मान्यता गलत छ”, उहाँले भन्नुभयो, “अब सामुदायिक शिक्षामा परिवर्तन जरुरी छ, यसका लागि सङ्घीय सरकारले यथाशक्य छिटो ध्यान दिनेछ ।” उहाँले प्रविधिको विकासँगै विकृत मानसिकतामा बदल्न सक्ने खतरा बढेकाले बालबालिकालाई मोबाइलबाट टाढा राख्न अभिभावकसँग अनुरोध गर्नुभयो ।

प्रधानमन्त्री ओलीले पुनःनिर्माणको काम तीव्रतापूर्वक अघि बढेकाले आउँदो एक वर्षभित्र पुरातात्विक महत्वका संरचनाबाहेक लगभग पूरा हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“आज बिहानको भूकम्पले तिमीहरु भूकम्प जाने स्थानमा छौ, बलिया घर र संरचना बनाउनु भनेको छ, हामीले त्यस्तै बनाएका छौँ, बनाउँदैछौँ ।”

सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारलाई शैक्षिक विद्वान्हरुले सामुदायिक विद्यालयको शिक्षा अङ्गे्रजीकरण गर्न सुझाव दिइरहेकाले यसतर्फ सोचिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बलिया र राम्रा भवन बनायौँ, अव गुणस्तरका लागि नीतिगत सुधारको प्रक्रिया अघि बढ्छ ।” राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले भूकम्पबाट क्षतिग्रस्त सात हजार ९२३ विद्यालयमध्ये तीन हजार ५८३ वटाको पुनःनिर्माण सकिएको जानकारी दिँदै पुनःनिर्माण भएका राम्रा र बलिया विद्यालयमा बालबालिका खुशीसाथ अध्ययन गरेको पाइएकामा खुशी व्यक्त गर्नुभयो ।

एडिबीका देशीय निर्देशक मुख्तार खामुद खानोबले निर्धारित समयमै गुणस्तरीय विद्यालय भवन निर्माण भएकामा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको पुनःनिर्माणमा हाम्रो सहयोगको सदुपयोग राम्रो भएको पाएका छौँ, हामी निकै खुशी भएका छौँ ।” नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जूले सीमित सिटमा अध्ययनअध्यापन गराउनुपर्ने सञ्जीवनी माविको जस्तै शिक्षा प्रदान गर्न अन्य विद्यालयलाई आग्रह गर्नुभयो । सोही अवसरमा सम्झौतानुसार निर्माण सम्पन्न एडिबीको ऋण तथा स्वीस विकास नियोगको प्राविधिक सहयोगमा निर्माण भएको खोपासी–ढुङ्खर्क–च्याम्राङबेंसी–मिल्चे–बोराङ १५ दशमलव ५५ किमी सडक तथा तेलकोट–नगरकोट–भट्टेडाँडा सात दशमलव ७७ किमी सडकको प्रदेश नं ३ स्थित पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गरिएको थियो ।
रासस

प्रकाशित मिति : २०७६, ११ बैशाख बुधबार  ६ : २० बजे

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा