२०८२, १२ माघ सोमबार

नेकपाको ६ महिनाभित्र सम्मेलन, एक वर्षभित्र महाधिवेशन

नेकपाको ६ महिनाभित्र सम्मेलन, एक वर्षभित्र महाधिवेशन


काठमाडौँ , बैशाख १० :नेपाल कम्युनिस्ट पार्टीले आगामी एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने घोषणा गरेको छ । पार्टीभित्र सांगठनिक एकता प्रक्रियालाई टुंगो लगाएलगत्तै ६ महिनाभित्र सम्मेलन सम्पन्न गरेर एक वर्षभित्र महाधिवेशन गर्ने घोषणा गरेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन् ।

पार्टीले महाधिवेशन गर्ने घोषणा गरे पनि मिति भने तय गरेको छैन । गत जेठ ३ गते पार्टी एकीकरण कार्यक्रममा तीन महिनाभित्र पार्टीको सांगठनिक एकताको काम सम्पन्न गर्ने बताइएको थियो । तर पार्टी ११ महिनासम्म आन्तरिक किचलोमा रुमलिएको थियो ।

पार्टी एकता भएको लामो समयपछि कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपाले ७७ जिल्लाका जिल्ला कमिटीको अध्यक्ष र सचिवको नाम सार्वजनिक गरेको छ । विगतमा पूर्व दुई पार्टी एमाले र माओवादी केन्द्रबाट जिल्लाको अध्यक्षको जिम्मेवारी लिएकाहरुलाई नै पार्टीले अध्यक्ष र सचिव बनाएको छ । पार्टीले दोहोरो जिम्मेवारी नदिने मापदण्ड बनाए पनि विवादको गाँठो फुकाउन भागवण्डाअनुसार अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।

प्रकाशित मिति : २०७६, १० बैशाख मंगलबार  ७ : ४६ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै