२०८२, ४ माघ आईतबार

कल्पना तामाङको ‘हिउँको आगो’

कल्पना तामाङको ‘हिउँको आगो’


काठमाण्डौ, २५ चैत: साहित्यकार कल्पना तामाङको नयाँ मुक्तक संग्रह ‘हिउँको आगो’ सार्वजनिक भएको छ ।

राजधानीमा भएको एक कार्यक्रमका बीच तामाङको मुक्तक संग्रह सार्वजनिक गरिएको होे । बरिष्ठ गजलकार ज्ञानु वाकर पौडेलले मुक्तक संग्रह सार्वजनिक गरे ।

रामेछापको भूमिमा जन्मिएकी कल्पनालाई उर्जाशील स्रष्टाको सरुपमा चित्रण गर्दै बरिष्ठ गजलकार पौडेलले सहित्यमा युवा पिढीँको चासोलाई पाका पुस्ताले साथ दिनुपर्ने बताए ।

मधुवन साहित्यिक प्रतिष्ठान नेपालले तामाङको मुक्तक संग्रह प्रकाशन गरेको हो । कार्यक्रममा निर्मोहि ब्यास, गोविन्द्र गिरी प्रेरणा, शितल गिरी, जीवन खत्री लगायतका साहित्यकारहरुले मुक्तसंग्रहको टिप्पणी गरेका थिए ।

७२ पेज लामो संग्रहमा १२० वटा मुक्तक समावेश गरिएको छ । संग्रहमा सामाजिक, आर्थिक, सास्कृतिक देखि राजनीतिलाई समेत समाविष्ट गरिएको छ । कार्यक्रममा मुक्तककार तामाङले सार्वजनिक गरिएको संग्रहबाट मुक्तक वाचन गरेर सुनाएकी थिइन् ।

मुक्तक वाचन गर्दै मुक्तककार कल्पना तामाङ

रामेछापको मन्थली नगरपालिका वडा नम्बर ४ सालुमा जन्मिएकी तामाङको यसअघि पनि पल्लवी रातहरु संयुक्त मुक्तक संग्रह अनि हैसियत–३ र शब्दशिविर नामक संयुक्त गजलसंग्रह प्रकाशित भइसकेका छन् ।

प्रकाशित मिति : २०७५, २५ चैत्र सोमबार  ९ : २५ बजे

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता