२०८२, ४ माघ आईतबार

आजको मौसम: मेघ गर्जनसहित वर्षाको सम्भावना, हुरीबतास र चट्याङ पनि पर्न सक्छ

आजको मौसम: मेघ गर्जनसहित वर्षाको सम्भावना, हुरीबतास र चट्याङ पनि पर्न सक्छ


काठमाडौँ, चैत २४ : देशभर आइतबारको मौसम पनि आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद शान्ति कँडेलले देशको पूर्वी तथा मध्य भूभागका केही स्थानमा र पश्चिमी भूभागका थोरै स्थानहरुमा हावाहुरी र मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जानकारी दिइन् । तर ठूलो हुरीबतासको सम्भावना भने नरहेको उनले बताइन् ।

मौसमविद कँडेलले मेघ गर्जनसहित वर्षा हुँदा हावाहुरी चल्ने र चट्याङ पर्ने सम्भावना अधिक रहने हुँदा सावधानी अपनाउनु पर्ने बताइन् । मेघ गर्जनसहित वर्षा भइरहँदा चट्याङबाट जोगिन फलामका सामग्री तथा बिजुलीको पोल नजिक बस्न नहुने मौसमविद बताउँछन् । मौसममा विकसित पछिल्लो प्रणालीका कारण अझै केही दिन मौसम सफा नरहने विभागगले जनाएको छ । मौसमविद कँडेलले अझै दुई–तीन दिन मौसममा बदली कायमै रहने जानकारी दिइन् ।

प्रकाशित मिति : २०७५, २४ चैत्र आईतबार  ८ : ३६ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ