२०८२, २२ चैत्र सोमबार

सहकारीप्रति सरकार सकारात्मक छ: मन्त्री बास्कोटा

सहकारीप्रति सरकार सकारात्मक छ: मन्त्री बास्कोटा


बनेपा , चैत्र १९: सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुलप्रसाद बास्बोटाले सरकार सहकासरीप्रति सकारात्त्मक रहेको र लक्ष्य प्राप्त गर्नका लागि सहकारीसँग साझोदारी गरी अगाडि बढ्न इच्छुक रहेको बताएका छन् । मंगलबार जिल्ला सहकारी संघ काभ्रेले बनेपामा ६२ राष्ट्रिय सहकारी दिवसको अवसारमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

जिल्ला सहकारी संघ काभ्रेको परिसरमा नेपालको राष्ट्रिय झण्डा र अन्तर्राष्ट्रिय सहकारी महासंघको लोगो अंकित झण्डालाई संष्युक्त रुपमा झण्डोतोलन गर्दै मन्त्री बास्कोटाले सहकारीलाई शहरमा मात्रै केन्द्रित नगरी गाउँ–गाउँमा पु¥याउनु पर्ने बताएका थिए । उनले अर्थतन्त्रको मेरुदण्ड नै सरकारी भएको उल्लेख गर्दै सहकारीकर्मीहरुलाई सहकारीको दर्शन, सिद्धान्त, मूल्य र मान्यताका आधारमा सहकारी संस्थाहरु चलाउन आग्रह समेत गरेका छन् ।

कार्यक्रममा उनले आर्थिक समृद्धि ल्याउनका लागि सहकारीले सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै उनले भने, ‘सरकारले कृषि सहकारीलाई सहयोग गर्ने नीति लिएको छ, जमीनको उचित सदुपयोग र उत्पादनका आधारमा सरकारले सघाउनेछ ।’ सरकारले आयोजना गरेको लगानी सम्मेलनमा ३० खर्बको लगानी अपेक्षा गरेको भए पनि १७ खर्ब मात्रै लगानीको प्रतिवद्धता आएकोमा अहिले त्यसैमा चित्त बुझाएको र अगामी वर्ष समेत यस्तै सम्मेलनमार्फत विदेशी लगानी भित्र्याउने प्रयासलाई सरकारले जारी राख्ने बताएका थिए । कार्यक्रमका सभपति विनोद पराजुलीले सहकारीलाई ग्रामिण अर्थतन्त्रको मेरुदण्डको रुपमा बिकास गर्दै लैजानुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २०७५, १९ चैत्र मंगलबार  ८ : २६ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर