२०८३, ३० जेष्ठ आईतबार

विप्लवको बन्दुकसँग डराउनु पर्दैन : सञ्चार मन्त्री बास्कोटा

विप्लवको बन्दुकसँग डराउनु पर्दैन : सञ्चार मन्त्री बास्कोटा


चैत्र १९, तेमाल, काभ्रे । सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुलप्रसाद बास्बोटाले विप्लब नेतृत्वको नेकपालाई नक्कली कम्युनिस्ट भएको आरोप लगाउँदै उनीहरुद्वारा चालाइएको बन्दुकबाट नडराउन आग्रह गरेका छन् । सरकार तपाइहरुको घरआँगनमै भएको बताउँदै उनले विप्लवको बन्दुकसँग डाराइरहनु पर्दैन ।

उनले ४ करोड ४० लाखको हाराहारी लागतमा निर्माण सम्पन्न भएको काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ७ मा रहेको राधाकृष्ण माध्यमिक विद्यालय भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । कार्यक्रममा मन्त्री बास्कोटाले सरकारी विद्यालयको गुणस्तर बढाएर निजी विद्यालयलाई उछिन्ने गरी गतिविधि बढाउने विश्वास समेत दिलाएका थिए ।


विद्यालय हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी मन्त्री बास्कोटाले विद्यालयको साँचो हस्तान्तरण गर्दै सरकारी विद्यालयमा विद्यार्थी कम हुनुको कारण खोजी हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा उनले विद्यालय परिवारलाई विगतको समीक्षा गर्दै योजनाका साथ अगाडि बढ्न अनुरोध गरेका थिए । कार्यक्रममा उनले शिक्षकलाई राजनीतिक दलको झोल नबोक्न आग्रह गर्दै आफ्नो जिम्मेवारी र दायित्व नभुल्नका लागि समेत अनुरोध गरे ।


कार्यक्रममा मन्त्री बास्कोटाले नेकपाको नेतृत्वमा भएको सरकारले आगामी ४ वर्षभित्रमा तेमालको रोडलाई पीच गर्ने आश्वासन दिएका छन् । उनले तेमालका किसानलाई वुद्धचित्त वा अमिलोको हब बनाएर काभ्रेको परिचय दिनुपर्नेमा जोड दिएका थिए । उनले तेमालका जनताले हिजो पनि कम्युिनस्टलाई साथ दिएको र आज पनि कम्युनिस्तको सरकारलाई समृद्धिको अभियानमा सँगसँगै साथ दिएर सघाउन अनुरोध गरेका थिए ।


कार्यक्रमा सांसद नवीना लामाले समाजवाद उन्मुख शिक्षामा जोड दिएर सउरकारले काम गरिरहेको बताएकी थिइन । त्यस्तै सांसद गंगबहादुर दोङले तेमालको बिकासका लागि आफु लागि परेको बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उद्धव के.सी.ले शिक्षकहरुले आफ्ना बालबालिकालाई आफूले पढाउने विद्यालयमा नपढाएर निजी विद्यालयमा पठाएकोमो आलोचना गरेका थिए । उनले दरबन्दी मिलान गरी शिक्षालाई सुधार गर्नुपर्ने धारणा राखेका थिए ।

गाउँपालिका अध्यक्ष सलामसिं तामाङले सञ्चारमन्त्रीलाई गाउँपालिकामा स्वागत गर्दै सञ्चारमा तेमाल गाउँपालिकाले सास्ती व्यहोर्नु परेकाले समस्या समाधान गरिदिन अनुरोध गरेका थिए । जिल्ला आयोजना कार्यान्वय इकाई (शिक्षा) काभ्रेका निर्मल कुमार घिमिरेले जिल्लामा भुकम्पपछि भएको क्षतिग्रस्त विद्यालय भवनको नयाँ निर्माण कार्य अन्तिम चराणमा पुगेको जनाएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संग्रामजीत लामाको सभापतित्वमा भएको कार्यक्रममा वडाअध्यक्ष ज्ञानबहादुर तामाङले मन्तव्य राखेका थिए भने इन्जिनियर गणेश मैनाली, शोभित श्रेष्ठ, प्रज्वल के.सी. लगायतलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०७५, १९ चैत्र मंगलबार  ८ : ११ बजे

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा