२०८२, २५ माघ आईतबार

प्रथम काभ्रे गोल्डकपको उपाधी संकटालाई

प्रथम काभ्रे गोल्डकपको उपाधी संकटालाई


चैत्र १६, धुलिखेल । प्रथम काभ्रे गोल्डकपको उपाधी सीमजी क्लव संकटाले हात पारेको छ । चैत्र ७ गतेबाट शुरु भएको प्रथम काभ्रे गोल्ड कप फूटबल प्रतियोगिताको आज भएको फाइनल खेलमा आयोजक काभ्रे जिल्ला फूटबल संघलाई ३–० गोलले पछि पार्दै सीएमजी क्लव संकटा विजयी भएको हो ।


फाइनल खेल शुरु हुनुअघि दुबै टिमले आ–आफ्नो विजय निश्चित भएको दावी गरेका थिए । धुलिखेलको घरेलु खेल मैदानमा काभ्रेली खेलाडीहरुलाई दर्शकको व्यापक समर्थन भए पनि खेल शुरु भएको ३० सेकेण्डमा नै सीएमजी क्लव संकटाका जर्सी नं. ७ का खेलाडी अभिशेख रिजालले पहिलो गोल गरेपछि निराश बनाए । संकटाका जर्सी नं. २७ का एक्मी क्रिस्टेनले ३५ मिनेट ३५ सेकेण्डमा अर्को गोल थपी आफ्नो क्लवको अग्रतालाई निरन्तरता दिएका थिए ।


आयोजक काभ्रे जिल्ला फूटबल संघका खेलाडीहरुले पटक पटक गोल गर्ने प्रयास गरे पनि सबै प्रयासहरु असफल सावित भए । अन्तिममा थपिएको ३ मिनेटको समयमा पनि सीएमजी क्वलव संकटाका जर्सी नं. १० का सुवाश गुरुङले ९१ मिनेटमा तेस्रो गोल हाने ।


यसअघि सशस्त्र प्रहरीको एपीएफलाई पराजित गरी फाइनल प्रवेश गरेकाले पनि घरेलु दर्शकले काभ्रेली खेलाडीबाट निकै आशा गरेका थिए । प्ले अफ अत्तेरिया स्पोर्टस क्लव कैलालीलाई हराउँदै फाइनलमा प्रवेश गरेको संकटा क्लवले काभ्रेली टिमलाई अन्ततः ३ गोलको नमीठो स्वाद दिलायो । विजयी भएसँगै सीएमजी क्लव संकटाले ४ लाख नगद र ट्रफी आफ्नो पोल्टामा पारेको छ । उता उपविजेता काभ्रेले भने २ लाख नगद र ट्रफीमा चित्त बुझाएको छ ।


प्रतियोगिताको भ्यालुएवल प्लेयर संकटाका टम्पी अरनेष्ट घोषित भए भने मिडफिल्डर पनि सीएमजी क्लव संकटाकै सुवाश गुरुङ घोषित भएका छन् । त्यस्तै वेस्ट कोच पनि संकटा क्लवकै कल्याण खड्गी घोषित भएका थिए । त्यसैगरी म्यान अफ दि म्याच पनि संकटाकै जर्सी नं. ७ का अभिशेक रिजाल भएका छन् । उनले मास्टर म्यान अफ दि म्याचको नगद पुरस्कार ५ हजार रुपियाँ समेत हात पारे । प्रतियोगिताको वेस्ट डिफेण्डर काभ्रेका सवीन खड्का भए भने हाइस्कोरर संकटाकै एक्मी क्रिस्चियान घोषित भए । उनले प्रतियोगितामा कुल ६ गोल गरेका थिए ।


काभ्रे जिल्ला फूटबल संघका अध्यक्ष विकास मानन्धरको सभापतित्वमा भएको प्रथम काभ्रे गोल्ड कप फूटबल प्रतियोगिताको प्रमुख अतिथी धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जु रहेका थिए । अखिल नेपाल फूटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाको विशेष आतिथ्य उपस्थिति रहेको प्रतियोगितामा काभ्रेका विभिन्न स्थानीय तहका प्रमुखको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७५, १६ चैत्र शनिबार  ६ : २४ बजे

महिला उठ्यो भने राष्ट्र उठ्छ : उम्मेदवार अमित लामा

 काठमाडौं । काभ्रेको बृहत् महिला भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २

पूर्वप्रधानमन्त्री ओलीको गाउँ भ्रमणमा स्थानीयले उठाए सम्पदा जलेको विषयमा प्रश्न

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले सोमबारदेखि बिदाइ सम्बोधन

टी-२० विश्वकप क्रिकेट : आज नेपाल इङ्ल्यान्डसँग भिड्दै

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज नेपाली राष्ट्रिय