२०८२, २७ चैत्र शनिबार

शालोम एकेडेमीको अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न

शालोम एकेडेमीको अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न


बनेपा, १२ चैत : बनेपास्थित शालोम एकेडेमी मण्टेश्वरी स्कुलको अभिभावक दिवस तथा दिक्षान्त समारोह एक कार्यक्रम बीच शुक्रवार सम्पन्न भएको छ । सो समारोहको अवसरमा विद्यालयबाट उत्तीर्ण गरी अन्य विद्यालयमा माथिल्लो कक्षामा जान लागेका विद्यार्थीहरुलाई शिक्षासेवी एवम् एभरेष्ट फाउण्डेशन नेपाल तथा पेप्सीकोला टाउन प्लानिंगस्थित करियर विल्डिङ्ग इन्टरनेशनल एकेडेमीका संस्थापक अध्यक्ष तेजनारायण श्रेष्ठले दिक्षित गरेका थिए ।

विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरुलाई पदक, सम्मानपत्र, प्रशंसापत्र तथा प्रमाणपत्र द्वारा सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट अभिभावकलाईसमेत सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले शालोम एकेडेमी स्थापनाको छोटो अवधिमा नै उल्लेख्य प्रगति गरेको र शिक्षण सिकाइमा बाल मैत्री वातावरण बनाउँदै अभिभावकको मन जित्न सफल भएकोमा प्रशंसा गरेका थिए ।

विद्यालयका संस्थापक प्रिन्सिपल सिमोन देवापाते तथा शिक्षिका सबिता बुढाथोकीले विद्यालयको गतिविधि तथा आगामी दिनका कार्ययोजना प्रस्तुत गर्दै शिक्षण सिकाइमा बालबालिकाका लागि नयाँ पद्धति शुरु गर्दै समय सापेक्ष ज्ञान बाँडदै जाने बताए । अभिभावकको तर्फबाट अभिभावक तथा सञ्चारकर्मी उजाड रक्तिमले शिक्षा व्यवहारिक तथा वैज्ञानिक हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि तथा समाजसेवी÷शिक्षासेवी तेज नारायण श्रेष्ठलाई विद्यालयको तर्फबाट ताम्रपत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले गीत तथा नृत्य आदिका माध्यमबाट आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०७५, १२ चैत्र मंगलबार  ९ : ३७ बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण