२०८१, १२ चैत्र बुधबार

जनप्रतिनिधि र सुरक्षाकर्मीलाई लखेट्ने विप्लव समूहको उद्घोष

जनप्रतिनिधि र सुरक्षाकर्मीलाई लखेट्ने विप्लव समूहको उद्घोष


काभ्रे,चैत ५ :  नेकपा माओवादी विप्लव समुहको आपराधिक कृयाकलापपछि सरकारले प्रतिवन्ध लगाएसँगै अन्य दलका नेता, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई गाउँमा प्रतिवन्ध लगाउँदै ‘लाठी लिएर लगार्ने’ उद्घोष बिप्लव समुहले गरेको छ । विप्लव समुहका सबै नेता कार्यकर्ता भूमिगत भएका छन् । ‘हामीलाई सरकारले राजनीतिक रुपमा प्रतिवन्ध लगाउने निर्णय गरेकाले हामीले दलका नेताहरुलाई प्रतिवन्ध लगाउँछौ’–नेकपा माओवादी विप्लव समुहका नेता रेशम नेपालीले भन्नुभयो ।

फोन सम्पर्कमा आएका नेता नेपालीले जनताकालागि बलिदानी दिन सरकारले आफ्नो पार्टीका गतिविधिलाई प्रतिवन्ध लगाएकाले अन्य दलका गतिविधिहरुलाई प्रतिवन्ध लगाउने बताउनुभयो । ‘हामी छलफलकै क्रममा छौं, जिल्लाको सांगठनिक अभियान सदृढ बनाउँदै विकास निर्माणमा समेत सहयोग पु¥याउने छौं’–जिल्ला नेता नेपालीले भन्नुभयो–‘जनताको भावना विपरित काम गर्नेलाई कारवाही गर्छाै ।’ नेता नेपालीले कस्तो कारवाही भने खुलाउन चाहानु भएन । पार्टी नीति बन्दै गएका तत्काल के गर्ने निर्णय नभएको बताउँदै उक्त समुहले ग्रामिण भेगमा रहेका सरकारी प्रतिनिधिलाई खेद्ने रणनीति अख्तियार गरेको दावीस् गरेको छ । उपभोक्ता समिति मार्फत काम भएका स्थानहरुमा उपभोक्ता समितिबाट ४ प्रतिशत रकम चन्दाका रुपमा उठाउन शुरु गरेको छ ।


‘प्रहरी हाम्रो तीनपुस्ते उतार्दै छ, हामी पनि तीनको तीन पुस्ते उतार्न लाग्दैनौ, ठाउँको ठाउँ प्रतिरोध गर्नेछौं’–नेता नेपालीले भन्नुभयो–‘हामीलाई पक्राउ गर्न आउनेलाई हामी पनि पक्राउ गर्छाै ।’ गाउँ गाउँबाट लाठी लिएर लगार्न शुरु गरेपछि त्यसको हिसाव किताव गर्ने छौं । विप्लव समुहले पहिलो चरणमा जनप्रतिनिधि र तिनका गतिविधिलाई प्रतिवन्ध लगाउने तयारी गरेको छ भने दोश्रो चरणमा प्रहरी तथा सुरक्षा निकायलाई प्रतिवन्धको तयारी गरेको छ । जिल्ला सेक्रेटरी लेखराज गजमेर, जिल्ला इन्चार्ज शरद रसाईली भूमिगत छन् । ३५ सदस्यिय जिल्ला कमिटी अन्र्तगत ७ वटा इलाका छन् । भातृ संगठन विद्यार्थी, महिला, दलित, मजदुर, तामाङ मुक्ति मोर्चा लगायत कृयाशिल छन् ।यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

विप्लव समुहले पहिलो तार्गेट जनप्रतिनिधिलाई बनाएको छ । उपभोक्ता समिति मार्फत काम भएका स्थानहरुमा उपभोक्ता समितिबाट ४ प्रतिशत रकम चन्दाका रुपमा उठाउन शुरु गरेको छ । जिल्लाको महाभारत र खानिखोला गाउँपालिकाका अधिकांश उपभोक्ता समितिलाई चन्दा माग गरिएको छ । ‘जनताले दान गछर्न भने कसैले टाउको दुखाउनु पर्दैन, स्वेच्छाले घर खेत दान दिए पनि लिन्छौं’–नेता नेपालीले भन्नुभयो–‘जर्बजस्ति गरेका छैनौं ।’

फागुन २४ गते खानिखोला गाउँपालिका ३ मा रहेको जुरे भाङटार धनामना बेशी सडक उपभोक्ता समितिका अध्यक्ष डम्बरबहादुर लुङ्गेलीलाई २ घण्टा नियन्त्रणमा लिएर छाडिएको छ । सडक खनिरहेका लुङ्गेलीलाई विप्लव समुहका कार्यकर्ताहरुले अपहरणको शैलीमा आधा घण्टा लिएर गएका थिए । ‘डोजरको चावी लिएर मलाई समेत लिएर गएका हुन्’–अध्यक्ष लुङ्गेलीले भन्नुभयो–‘बजेट र श्रोत तथा कामको गुणस्तरका बारेमा सोधपुछ गरेर छाडिदिए ।’

उक्त सडक निर्माणका लागि गाउँपालिकाले २५ लाख रकम विनियोजन गरेको छ भने अघिल्लो आर्थिक वर्षमा २० लाख रकम विनियोजन गरिएको थियो ।
साविक डाँडागाउँ गाविसको उक्त सडक भाङटार हुँदै महाभारतको कुपिन्टार जोडिन्छ । डोजर मालिक र उपभोक्ता समितिबाट ४० हजार दिने शर्तमा अध्यक्षलाई छाडिएको श्रोतले बतायो । फलामेटार प्रहरी चौकी र गोकुले प्रहरी चौकीबाट प्रहरी गएपछि विप्लव समुहले अध्यक्ष लुङ्गेलीलाई मुक्त गरेका थिए ।

प्रकाशित मिति : २०७५, ५ चैत्र मंगलबार  ७ : ०५ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, सांसदहरूका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

एनआरएन एकतालाई प्राथमिकता दिन मन्त्री पाण्डेको सुझाव

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद

आज मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्

पत्रकारलाई परिचयपत्र वितरण गर्न प्रेस रजिष्टारको कार्यालय वाग्मतीद्वारा शिविर आयोजना 

रामेछाप । प्रेस रजिष्टार कार्यालय वाग्मती प्रदेशले रामेछापमा पत्रकारहरूको लागि

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक