२०८२, २६ कार्तिक बुधबार

धुलिखेलमा काभ्रे गोल्डकप हुने

धुलिखेलमा काभ्रे गोल्डकप हुने


काठमाण्डौ, चैत २: काभ्रे जिल्लामा अहिलेसम्मकै ठूलो धनराशी पुरस्कार भएको फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

जिल्ला फुटबल संघ काभ्रेले धुलिखेल रंगशालामा यहि चैत ७ देखि १७ गतेसम्म फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा प्रथम हुने टिमले ४ लाख नगद र ट्रफि पाउने छ भने द्धितिय हुनेले २ लाख नगद र ट्रफि पाउने आयोजकले बताएको छ ।

शनिबार धुलिखेलमा पत्रकार सम्मेलन गरी दिएका जानकारी अनुसार प्रतियोगितामा ए डिभिजनका ६ सहित १० टिपको सहभागि हुने छन् । प्रतियोगितामा ए डिभिजनका संकटा, नेपाल आर्मी, एपिए, जावलाखेल, फ्रेन्ड्स र प्ले फर अत्तरिया स्पोट्स क्लब सहभागि हुने जिल्ला फुटबल संघका अध्यक्ष विकास नारायण श्रेष्ठले जानकारी दिए ।

त्यस्तै प्रतियोगिमा काभ्रे, भक्तपुर, सिन्धुपाल्चोक र दोलखा जिल्ला फुटबल संघ पनि सहभागि हुने छन् । “प्रथम काभ्रे गोल्डकप” नाम दिइएको प्रतियोगिताको सबै खेल नक–आउट आधारमा खेलाइनेछ ।

प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक, मूख्य प्रशिक्षक, रेफ्रि, स्ट्राइकर, डिफेन्डर, मिडफिल्ड, गोलकिपर र सर्वाधिक गोल कर्ता खेलाडी पुरस्कृत हुने जिल्ला फुटबल संघका महासचिव किशोर वरुणले बताए । प्रतियोगिता सम्पन्न गर्न ४५ लाख २५ हजार रुपैयाँ खर्च हुने बताइएको छ । प्रतियोगिताबाट ५१ लाख ५० हजार रुपैँया आम्दानी हुने आयोजकले अनुमान गरेको छ ।

यसैबीच काभ्रे जिल्लाबाट उक्त प्रतियोगितामा सहभागि खेलाडिहरुलाई जर्सी प्रदान गरिएको छ ।

काभ्रे जिल्ला फुटबल संघका पूर्व अध्यक्ष जंग बहादुर जंगमले खेलाडीहरुलाई दुई फरक फरक रंगको जर्सी प्रदान गरेका हुन् ।

प्रकाशित मिति : २०७५, २ चैत्र शनिबार  ७ : ०३ बजे

ग्लोबल आईएमई बैंकको १९औँ वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई ८ प्रतिशत लाभांश

काठमाडौँ । नेपालकै सबैभन्दा ठूला र अग्रणी वाणिज्य बैंकहरूमध्ये एक

डिजिटल सेवामा अग्रसर नेपाल बैंक : दराजसँग भुक्तानी सेवा सम्झौता

काठमाडौं । नेपालको पहिलो र विश्वासिलो बैंक नेपाल बैंक लिमिटेडले

रारा ताल:धर्तिको अप्सरा जस्तो अनुपम सौन्दर्य

काठमाडौं । सुदूरपश्चिम नेपालको हिमाली काखमा बसेको रारा ताल, जसलाई

क्यारेबियनमा अमेरिकाको युद्ध तयारीपछि भेनेजुएलाको सैन्य शक्ति प्रदर्शन तीव्र

कराकास । दक्षिणी क्यारेबियन क्षेत्रमा अमेरिकाले युद्धपोत र शक्तिशाली पनडुब्बीहरू

मुख्यमन्त्री यादवले गरे पदभार ग्रहण, मधेसका शहीदलाई मधेस रत्न दिइने पहिलो निर्णय

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आज