२०८२, २० कार्तिक बुधबार

‘स्थानीय तहलाई केन्द्रसँग पक्की सडकले जोड्नुपर्छ’ : मुख्यमन्त्री पौडेल

‘स्थानीय तहलाई केन्द्रसँग पक्की सडकले जोड्नुपर्छ’ : मुख्यमन्त्री पौडेल


हेटौँडा, १ चैत : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रत्येक स्थानीय तहलाई केन्द्रसँग पक्की सडकले जोड्नुपर्ने बताउनुभएको छ । प्रदेशसभाकोे प्रदेश मामिला समितिद्वारा आज यहाँ आयोजित बजेट कार्यान्वयन र प्रगति विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले प्रत्येक स्थानीय तहमा कम्तिमा १५ शै्याको अस्पताल तथा एउटा उद्योग ग्राम निर्माण गरिने बताउनुभयो ।

अन्तरक्रियामा प्रदेशसभा सदस्यका जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले एकीकृत बस्ती निर्माणको कामलाई प्राथामिकतामा राखेको जानकारी गराउनुभयो । उहाँले एकीकृत बस्ती निर्माणका लागि सरकारले प्रकृयासमेत अगाडि बढाइसकेको बताउनुभयो ।

उहाँले मकवानपुरमा १६० वटा घर बनाउने तयारी भइरहेको र दोलखा, रामेछाप र सिन्धुलीमा पनि एकीकृत बस्तीको निर्माण प्रकृया अगाडि बढेको जानकारी दिनुभयो । कार्यक्रममा प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशले जटिलता सगै अवश्यक कानून निर्माण गरेको उल्लेख गर्नुभयो । कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तर्फबाट प्रमुख सचिव आनन्दराज ढकाललगायत सचिवले मन्त्रालयले सम्पादन गरेका कार्य विवरण पेश गर्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १ चैत्र शुक्रबार  ८ : ५९ बजे

रामकुमारी झाँक्री भन्छिन्: ‘भयानक यात्रा समाप्त, अहिले पजको अवस्थामा छौं’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो

नेपाल-भारत बैठकमा प्रसारण लाइन विस्तार र ऊर्जा आदान-प्रदानमा सहमति

काठमाडौं । नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७औं बैठकमा दुई

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग

हेटौँडा । झन्डै दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग

किसान श्रेष्ठ : “मूल घर फर्किंदैछौं, हाँसेर बोलिदिए पुग्छ”

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफूहरू **नि:शर्त

नेकपा एस-माओवादी केन्द्र एकता घोषणा आज

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच आज