२०८३, २ आश्विन शनिबार

अनुमतिपत्र मात्रै लिएर काम गर्नुस : मन्त्री पुन

अनुमतिपत्र मात्रै लिएर काम गर्नुस : मन्त्री पुन


काठमाडौँ, १ चैत: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कानूनी दायराभित्र रहेर तोकिएको काम गर्न र राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर जलविद्युत् आयोजनामा तीव्रता साथ काम गर्न आग्रह गर्नुभएको छ । विभिन्न जलविद्युत् आयोजनाका प्रवद्र्धकसँग मन्त्रालयमा आज आयोजित अन्तक्र्रियालाई सम्बोधन गर्दै उहाँले आयोजना मात्रै जिम्मा लिएर बस्ने र काम नगर्ने प्रवृत्ति त्याग्न र तोकिएको समयमा निर्माण सक्न ध्यानाकर्षण गराउनुभएको हो ।

“हामी समस्या समाधानका लागि प्रतिबद्ध भएर नै लागेका छौँ”, मन्त्री पुनले भन्नुभयो, “वास्तवमै समस्या समाधान होओस् भन्ने पक्षमा सरकार छ, हामी प्रवद्र्धकको माग र समस्याको समाधान गर्न चाहन्छौँ, सरकारको इच्छा र चाहनालाई समेत प्रवद्र्धकले ध्यान दिनुपर्छ ।” उहाँले काम नगर्ने र केवल आयोजना मात्रै लिएर बस्ने प्रवृत्ति त्याग्न प्रवद्र्धकलाई आग्रह गर्नुभयो । उहाँले सरकारले उत्पादन भए जति सबै विद्युत् खरीद गर्ने प्रतिबद्धता जनाइरहेको बेला निजी प्रवद्र्धकले समेत सरकारको सोच र चाहनालाई सम्बोधन गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो ।

वन क्षेत्रको जग्गा प्रयोग, जग्गा प्राप्ति तथा अन्य समस्यासमेत समाधान गर्ने गरी प्रक्रिया अगाडि बढाइएको र अन्तर सरकारी निकायबीच समेत समन्वयको प्रयास गरिएको उल्लेख गर्दै मन्त्री पुनले आयोजनाको अनुमति मात्रै लिने र काम नगर्ने प्रवृत्ति भने सरकारलाई सह्य नभएको बताउनुभयो । सरकार ऊर्जा तथा जलस्रोतका क्षेत्रमा देखिएको समस्या समाधान गरेर आर्थिक समृद्धिलाई प्रभावकारी रुपमा अगाडि बढाउन तयार रहेको भन्दै उहाँले निजी क्षेत्रले पनि त्यसमा साथ दिनुपर्ने बताउनुभयो । यस्तै निर्माण सामग्रीको सुरक्षा र गुनासो आउने गरेको भए पनि समाधानका लागि कोसिस गरिएको उहाँको भनाइ छ । छलफलमा विभिन्न १७ आयोजनाका प्रवद्र्धकको सहभागिता थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १ चैत्र शुक्रबार  ७ : ०३ बजे

संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले नागरिक स्वतन्त्रता, कानुनी शासन,

टुँडिखेलमा संविधान दिवसको विशेष समारोह

काठमाडौं । संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह

गगनको ओली-प्रचण्डलाई जवाफ : ‘रास्वपालाई अलग गर्न मिल्दैन’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका नाममा राजनीतिक

संविधानको सफलता नागरिकले अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा मगर

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संविधानको सफलता

संविधान दिवसमा इनरुवामा देखियो उत्सव

इनरुवा । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शनिबार सुनसरी