२०८३, २४ आश्विन आईतबार

खेलकूदलाई मौलिक हकका रुपमा बुझ्न जरुरी : सभामुख महरा

खेलकूदलाई मौलिक हकका रुपमा बुझ्न जरुरी : सभामुख महरा


धनगढी, १ चैत : सभामुख कृष्णबहादुर महराले खेलकूदलाई अब मौलिक हकका रुपमा बुझ्न जरुरी भएको बताउनुभएको छ । आजदेखि यहाँ शुरु भएको प्रथम मुख्यमन्त्री कप अन्तर खेलकूद प्रतियोगिताको उद्घाटन गर्नुहुँदै उहाँले खेलकूद प्रतियोगिताको आयोजना अब केवल मनोरञ्जनका लागि मात्र नभएर यसले देशका लागि स्वस्थ र दक्ष जनशक्ति तयार गर्ने बताउनुभयो ।

संविधानको मर्मलाई सबैले आत्मसात् गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुहुँदै उहाँले भन्नुभयो, “स्थानीय सरकारलाई बलियो बनाउने पक्षमै हामी छौँ ।” संविधान कार्यान्वयनको अवस्थामा रहेकै अवस्थामा सङ्घीय व्यवस्थालाई असफल पार्न केही तत्व लागेको उल्लेख गर्नुहुँदै उहाँले संविधान विरोधी गतिविधि हुन नदिन सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आवश्यक कानूनको अभावलगायतका समस्याले जनताले गरेको अपेक्षाअनुसारको काम गर्न ढिलाइ भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीयता र राष्ट्रलाई असफल पार्नका लागि भइरहेका षड्यन्त्रप्रति सचेत हुनुपर्ने बेला आएको छ ।” कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताले चाहेको सुशासन, विकास र समृद्धिका लागि प्रदेश सरकार बलियो हुनुपर्ने आवश्यकता आँैल्याउनुभयो । उहाँले सङ्घीय सरकारबाट ऐन कानून बनाउन भएको ढिलाइले प्रदेशमा काम गर्न अन्यौलता बढेको उल्लेख गर्नुभयो ।

समारोहमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दलबहादुर रावल, प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले शुभकामना व्यक्त गर्नुभएको थियो । ‘स्वस्थ युवा, प्रदेशका खम्बा’ भन्ने मूलनाराका साथ आयोजित उक्त प्रतियोगितामा सातवटै प्रदेशका झण्डै ६४४ खेलाडीको सहभागिता छ । यही चैत ३ गतेसम्म हुने प्रतियोगितामा भलिबल, क्रिकेट, ब्याडमिन्टन र फुटबलका खेल हुन लागेको आयोजकले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १ चैत्र शुक्रबार  ६ : ४२ बजे

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय महामन्त्री

आज घटस्थापना देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

काठमाडौं । नेपालीहरूको महान चाड बडादसैँको पहिलो दिन घटस्थापना देशभर

बुढीगण्डकी बाढीको वितण्डा : ३० भन्दा बढी घरमा क्षति, तीन पुल बगायो

गोरखा । गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीले घर, टहरा र

बूढीगण्डकी नदीमा भीषण बाढी : तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका आसपास बूढीगण्डकी नदीमा भीषण बाढी