२०८३, २४ आश्विन आईतबार

उपलब्धिमूलक कार्यक्रम ल्याउन काउन्सिललाई सञ्चारमन्त्रीको आग्रह

उपलब्धिमूलक कार्यक्रम ल्याउन काउन्सिललाई सञ्चारमन्त्रीको आग्रह


काठमाडौँ, १ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एक हप्ताभित्र उपलब्धिमूलक कार्यक्रम बनाएर ल्याउन प्रेस काउन्सिल नेपाललाई आग्रह गर्नुभएको छ । प्रेस काउन्सिल नेपालको आज सम्पन्न वार्षिक समीक्षा बैठकमा मन्त्री बाँस्कोटाले नियम र कानून कुनै पनि प्रस्ताव नरोकी यथाशीघ्र कार्यान्वयनमा ल्याइने बताउनुभएको हो ।

काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिललाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्नेमा जोड दिँदै तयार भएका ऐन, विनियमावली, निर्देशिका यथाशीघ्र स्वीकृत हुनुपर्ने, आगामी वर्ष स्वर्ण जयन्ती वर्ष भएकाले भव्य रुपमा सम्पन्न गर्ने बताउँदै आइपरेका समस्या, समाधानका उपाय र मन्त्रालयबाट गरेको अपेक्षाबारे धारणा राख्नुभएको थियो ।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले कार्यप्रगति प्रस्तुत गर्दै पछिल्लो दुई वर्षमा भएका महत्पूर्ण उपलब्धि, आगामी सोच तथा कार्यक्रमबारे प्रकाश पार्नुभयो । समीक्षा बैठक पश्चात साहित्यिक पत्रकारहरुको टोलीसँग भएको छलफलमा साहित्यिक पत्रकारिताका क्षेत्रका समस्यालाई मन्त्रालयले समाधान गर्न पहल गर्नुपर्ने धारणा राखिएको थियो ।

प्रकाशित मिति : २०७५, १ चैत्र शुक्रबार  ६ : २८ बजे

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय महामन्त्री

आज घटस्थापना देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

काठमाडौं । नेपालीहरूको महान चाड बडादसैँको पहिलो दिन घटस्थापना देशभर

बुढीगण्डकी बाढीको वितण्डा : ३० भन्दा बढी घरमा क्षति, तीन पुल बगायो

गोरखा । गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीले घर, टहरा र

बूढीगण्डकी नदीमा भीषण बाढी : तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका आसपास बूढीगण्डकी नदीमा भीषण बाढी