२०८२, ६ फाल्गुन बुधबार

विकासको गतिले तीव्रता पायो : प्रधानमन्त्री ओली

विकासको गतिले तीव्रता पायो : प्रधानमन्त्री ओली


काभ्रेपलाञ्चोक, १ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विकासको गतिले तीव्रता पाएको बताउनुभएको छ । धुलिखेलस्थित काठमाडाँै विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आज विश्वविद्यालयमा आयोजित विशेष दीक्षान्त समारोहमा विकासमा अघि बढ्न सबै संयन्त्रलाई अँगालेको बताउनुभयो । उहाँले भन्नुभयो, “विकासका सबै संयन्त्र प्रयोग गरी अगाडि बढिरहेका छौँ, हामी मुलुकलाई समृद्ध बनाउन प्रयासरत छौँ ।” उहाँले विकासलाई शिक्षा र विज्ञानसँग जोडेर मुलुक समृद्ध बनाउन आफूहरु अनवरत रुपमा लागिरहेको दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले कम विकसित हाम्रो मुलुक पछाडि पर्नुको कारण पत्ता लगाएर समाधान गर्न लागेको उल्लेख गर्नुभयो । “हाम्रोजस्तै जमीन भएको सानो मुलुक स्वीट्जरल्याण्ड निकै विकसित छ, तर उसको विकास हाम्रोभन्दा निकै टाढा छ”, उहाँले भन्नुभयो, “ल्याण्डलक्ड र हिमाली मुलुकका हामी पनि उसकै गतिमा विकासलाई तीव्रता दिन प्रयासरत छौँ ।” उहाँले आफूहरु समृद्धिको बाटोमा गम्भीररुपमा खटिरहेकाले विकासका पाइला छिटोछिटो अघि बढिरहेको दोहो¥याउनुभयो ।

प्रधानमन्त्री ओलीले अर्को प्रसङ्गमा विज्ञान र प्रविधिका कारण आफू अहिलेसम्म बाँच्न पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “विज्ञान र प्रविधिले म अहिलेसम्म बाँचेको छु, नत्र मैले संसार छाडेको १२ वर्ष भइसक्थ्यो !” उहाँले विज्ञान प्रविधिको विकासका कारण नै विश्व उच्च प्रकारका स्वास्थ्य सेवा उपलब्ध भएकाले मानिसले पुनर्जीवन पाएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विशेष दीक्षान्त समारोहमा प्रसिद्ध स्वीस सिभिल इञ्जिनीयर तथा स्वीस फेडरल इन्स्टिच्युट अफ टेक्नोलोजी (लुसाने)का मानार्थ अध्यक्ष प्रा डा जँ क्लड बाडुलाई सम्मानार्थ विद्यावारिधि प्रदान गर्नुभयो । उहाँले आफ्नै देश स्वीट्जरल्याण्डको शैक्षिक क्षेत्रमा विशेष योगदान पु¥याएवापत विश्वविद्यालयले सम्मानार्थ विद्यावारिधि प्रदान गरेकामा खुशी व्यक्त गर्नुभयो ।

पचासी वर्षीय डा बाडुले नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण आफूलाई मन पर्ने देश भएकाले बताउनुभयो । उहाँले भन्नुभयो, “म नेपाल २० पटक आइसकेँ, तपाईंका हिमाल उत्तिकै सुन्दर छन् तर बेलाबेलामा बाढी पहिरोको समस्या देखा पर्दा दुःख लाग्छ ।” उहाँले शिक्षा विकासको ठूलो शक्ति रहेकाले नयाँ नयाँ ज्ञानको खोजी गर्नुपर्ने बताउनुभयो ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा रामकण्ठ माकजू श्रेष्ठले विज्ञान र प्रविधिले फड्को मारिरहेकाले उज्ज्वल भविष्यका लागि कस्तो शिक्षा प्रदान गर्ने भन्नेमा विशेष ध्यान दिनु आवश्यक रहेको बताउनुभयो । रजिष्ट्रार प्रा डा सुबोध शर्माले समारोहमा डा बाडुको शिक्षाको क्षेत्रमा पु¥याएको योगदानबारे चर्चा गर्नुभएको थियो । विश्वविद्यालयले यसअघि सन् २०११ मा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र भारतका राजनीतिज्ञ डा करण सिंह र सन् २०१६ मा भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई सम्मानार्थ विद्यावारिधि प्रदान गरेको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १ चैत्र शुक्रबार  ६ : २१ बजे

राजनीति वालवालिकाको सुन्दर भविश्यका निम्ती केन्द्रीत हुनुपर्छः मनोजजंग

सिन्धुलीः नेकपा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नंं २ का उमेदवार

नेपाली कांग्रेसले सार्वजनिक गर्‍यो १०‑बुँदे प्रतिज्ञापत्र

काठमाडौँ । नेपाली कांग्रेसले आज जनकपुरमा आयोजित कार्यक्रममार्फत आफ्नो प्रतिज्ञापत्र

एमाले अध्यक्ष केपी शर्मा ओली बालबालिकाका सच्चा संरक्षक हुन् : अमित लामा

बनेपा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि सभा

आगामी निर्वाचन भ्रष्टाचारविरुद्धको महाअभियान हो : अमित लामा

बनेपा । नेकपा एमाले का केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि

सहकारी ठगहरूलाई तह लगाइने : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेश प्रदेशको वित्तीय