२०८२, १८ मंसिर बिहीबार

तयारी बिना तालिममा पठाउँदा निगमलाई ७० लाख घाटा

तयारी बिना तालिममा पठाउँदा निगमलाई ७० लाख घाटा


काठमाडौं, चैत १ : नेपाल वायुसेना निगमले वाइड बडी एयरबसका लागि तालिममा पठाएका दुई पाइलट परीक्षामै असफल भएका छन् । बोइङ ७३७ का पाइलट राजन मानन्धर र सन्तोष शर्मालाई निगमले वाइड बडी विमान उडाउनको लागि तालिम गर्न सिंगापुर पठाएको थियो ।

नेपालमै प्रशिक्षण पाइलटले लातिम गराएर परीक्षा लिएपछि मात्रै तालिममा पठाउनु पर्ने हुन्छ । तर, निगमले लातिम तथा परीक्षाबिनै मानन्धर र शर्मालाई तालिममा पठाउँदा उनीहरु असफल भएर फर्किएका छन् । मानन्धर र शर्मा जनवारी १४ का दिन तालिमको लागि सिंगापुर गएका थिए । परीक्षामा सामेल हुँदै असफल भएपछि उनीहरु फर्किएका हुन् ।

निगमका सहप्रवक्ता नवराज कोइरालाले तालिममा पठाएका शर्मा र मानन्धर असफल भएको बताए । तर, तयारी नगराएको तथा नजिकको व्यक्ति पठाएको उनले स्वीकारेनन् । ‘खास त्यस्तो तयारी गर्नुपर्ने केही हुन्न, त्यहाँ गएर कक्षा लिने हो,’ कोइरालाले भने, ‘यहाँ तालिम तथा परीक्षा नगरी पठाउँदा उहाँहरू सक्सेस नभएको भने होइन् ।’ याे समाचार खिलक बुढाथाेकीले नागरिकमा लेखेका छन् ।

प्रकाशित मिति : २०७५, १ चैत्र शुक्रबार  ७ : २० बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको