२०८३, २४ आश्विन आईतबार

प्रधानमन्त्रीद्वारा ‘मेयरखबर डटकम ’ शुभारम्भ

प्रधानमन्त्रीद्वारा ‘मेयरखबर डटकम ’ शुभारम्भ


काठमाडौँ, २९ फागुन: प्रधानमन्त्री केपी शर्मा ओलीले इन्स्टिच्यूट अफ कम्युनिकेशन, इन्फर्मेशन एण्ड डेभलपमेण्ट(आइसिआइडी)ले प्रकाशन गरेको डिजिटल खबरपत्रिका ‘मेयरखबर डटकम’को औपचारिक शुभारम्भ गर्नुभएको छ ।

‘हाम्रो सरकार, हाम्रै समाचार’ भन्ने मूल नाराका साथ आजदेखि शुभारम्भ भएको अनलाइन न्यूज पोर्टल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले स्थानीय सरकारलाई थप सबल बनाउनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले सङ्घीयतामा मुलुक प्रवेश गरेसँगै नगर सरकार बलियो भएको बताउँदै जनताको अपेक्षा पूरा गर्न नगर सरकारलाई आगह गर्नुभयो ।

मेयरखबरले नगरको निगरानी गर्दै नगरवासीलाई सूचना प्रवाह गर्ने आइसिआइडीका कार्यकारी निर्देशक शिव अधिकारीले जानकारी दिनुभयो । मेयरखबरमा नगरपालिकाका मेयरको अन्तर्वार्ता, बालबालिकासँग मेयर, महिलासँग उपमेयर, यस्तो पो मेयर, सूचनापाटी, मेयर कानून, विदेशका मेयरको अनुभूतिलगायत स्तम्भ पढ्न सकिनेछ । सो अनलाइन पोर्टलमा प्रत्येक नगरपालिकाको अत्यावश्यक जानकारीसमेत उपलब्ध हुने जनाइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २९ फाल्गुन बुधबार  ७ : ०१ बजे

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय महामन्त्री

आज घटस्थापना देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

काठमाडौं । नेपालीहरूको महान चाड बडादसैँको पहिलो दिन घटस्थापना देशभर

बुढीगण्डकी बाढीको वितण्डा : ३० भन्दा बढी घरमा क्षति, तीन पुल बगायो

गोरखा । गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीले घर, टहरा र

बूढीगण्डकी नदीमा भीषण बाढी : तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका आसपास बूढीगण्डकी नदीमा भीषण बाढी