२०८२, २७ चैत्र शनिबार

दुई महीनामै दुई लाखभन्दा बढी पर्यटक भित्रिए

दुई महीनामै दुई लाखभन्दा बढी पर्यटक भित्रिए


काठमाडौँ, २७ फागुन: सन् २०१९ को दुई महीनामै दुई लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार जनवरी र फेब्रुअरीमा गरी दुई लाख १६ हजार २१४ विदेशी पर्यटक नेपाल आएका हुन् । फेब्रुअरीमा मात्रै ९७ हजार ६९४ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिमा ३३ प्रतिशतले बढी हो । सन् २०१८ को दुई महीनामा एक लाख ६३ हजार ६९४ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो वर्षको फेब्रुअरीमा ८९ हजार ५०७ विदेशी पर्यटक नेपाल आएका थिए ।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको विवरणमा सन् २०१९ को जनवरी महीनामा ९१ हजार ७९३ जना विदेशी पर्यटक नेपाल भ्रमण गरेका छन् । फेब्रुअरीमा मात्रै भारतबाट नेपाल आउने विदेशी पर्यटकको सङ्ख्यामा ९२ दशमलव ५ प्रतिशतले बढेको छ । सार्क मुलुकबाट नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्यामा पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८५ प्रतिशतले बढेको छ । चिनियाँ पर्यटक ५ दशमलव ३ प्रतिशतले मात्रै बढेको छ ।

युरोपेली मुलुक बेलायतबाट ८ दशमलव ७, जर्मनबाट २७ दशमलव ९ र फ्रान्सबाट आउने पर्यटकमा ७ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ । सन् २०१९ को फेब्रुअरीमा युरोपबाट आउने पर्यटकको सङ्ख्या १७ हजार ७८९ पुगेको छ । यो अवधिमा अमेरिकाबाट सात हजार १३३ पर्यटक आएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा पाँच प्रतिशतले बढी हो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बोर्ड तथा निजी क्षेत्रले गरेको प्रवद्र्धनात्मक गतिविधिका कारण विदेशी पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताउनुभयो । गत वर्षको तुलनामा यस वर्षको दुई महीनामा ४० प्रतिशतले पर्यटक आगमन बढ्नुले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २७ फाल्गुन सोमबार  ६ : ३१ बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण