२०८२, २७ चैत्र शनिबार

काभ्रेमा पटक पटक म्याद थप्दा पनि खानेपानी आयोजना अधुरै

काभ्रेमा पटक पटक म्याद थप्दा पनि खानेपानी आयोजना अधुरै


बनेपा, २७ फागुन: काभ्रेपलाञ्चोकको तीनवटा नगरपालिका (बनेपा, धुलिखेल र पनौती) बासिन्दाका लागि शुद्ध र गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले विगत छ वर्ष अगाडि शुरु भएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना सातौँ पटक म्याद थप्दा पनि सम्पन्न नहुने भएको छ ।

२०६९ साल मङ्सिर २७ गते सम्झौता भई २०७० जेठ २९ गतेबाट कार्य प्रारम्भ भएको सो खानेपानी आयोजना सम्झौताअनुसार २०७२ साल जेठ ३२ गते सम्पन्न गर्ने गरी निर्माण कार्य थालनी भएको थियो तर अहिलेसम्ममा ९५ प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख नारायणसुन्दर श्रेष्ठले बताउनुभयो । “अहिलेको निर्माण कार्यको म्याद थप सातौँ पटकको हो ।” श्रेष्ठले भन्नुभयो, “अहिलेसम्ममा भौतिक प्रगति (संरचना र पाइप लाइन बिच्छ्याउने काम सबै गरेर) ९५ प्रतिशत भएको छ ।” त्यससँगै वित्तीय प्रगति (खर्च) ७२ प्रतिशत भएको उहाँको भनाइ छ ।

त्यसरी काम भइरहेको सो आयोजना आगामी २०७६ जेठ १७ गते सम्पन्न गरी सक्नुपर्नेछ । पाँच प्रतिशत भौतिक काम (पाइप लाइन नै बिच्छ्याउने) बाँकी रहेको सो आयोजनाको मुहानबाट क्षेत्रीय पानी प्रशोधन केन्द्रमा पानी ल्याएर जाँच गर्न मात्रै तीन महीना लाग्ने आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो ।
समय अवधिको हिसाबले सातौँ पटक तोकिएको समयमा पनि काम सम्पन्न गर्न नसकिने आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो । एकातिर निर्माण कार्यको समय लम्बिँदै जानु र अर्कोतिर खर्च पनि बढ्दै जानुले आयोजना आकाशको फल जस्तै बनेको उपभोक्ता बताउँछन् । बनेपा नगरपालिका–८ का जयकृष्ण मानन्धरले भन्नुभयो, “एकातिर अहिले उपभोग गर्दै आइरहेको नेपाल खानेपानी संस्थानको धमिलो लेदो मिसिएको पानीलाई खानयोग्य नभए पनि पैसा तिरिरहनुपर्छ, अर्कोतिर एकीकृत खानेपानीले बाँडेको आशा वर्षौं भइसक्यो ।”

बनेपामा खानेपानीको हाहाकारनै रहेको छ । जसका कारण घरधनीदेखि भाडामा बस्ने नजिकैको ढुङ्गेधारा धाउन बाध्य भएका छन् । “भएको खानेपानी पनि फोहर लेदो मिसिएको पानी आउने र ढुङ्गेधारामा जान पनि धेरै टाढा भएकै कारण बनेपामा भाडामा बस्न नसक्ने स्थिति भएको प्रतीक तामाङले बताउनुभयो ।
शुरुमा काभ्रेपलाञ्चोक जिल्लाको तीन नगरपालिकाका गरी कूल ९२ हजार ८३० जनसङ्ख्यालाई पानी खुवाउने गरी आयोजना निर्माणको सम्झौता भएकोमा पछि बनेपा नगरपालिका र पनौती नगरपालिकाको केही वडा थप भएपछि अहिले एक लाख ३९ हजार ४२२ जनसङ्ख्यालाई खानेपानी पु¥याउने लक्ष्यसहित आयोजनाले काम गरिरहेको छ । नेपाल सरकार, एशियाली विकास बैंक (एडिबी), तीन वटा नै नगरपालिका र काभ्रे उपत्यका एकीकृत खानेपानी बोर्डको गरी अहिले कूल रु एक अर्ब १२ करोड ६०० को लगानी हुने जनाएको छ ।
–रासस

प्रकाशित मिति : २०७५, २७ फाल्गुन सोमबार  ७ : ४० बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण