२०८२, १८ मंसिर बिहीबार

फास्ट ट्रयाकको प्रतिवेदन यसै साता सरकारलाई बुझाइने

फास्ट ट्रयाकको प्रतिवेदन यसै साता सरकारलाई बुझाइने


काठमाडौँ, फागुन २७ : नेपाली सेनाले काठमाडौँ तराई द्रूत मार्ग (फास्ट ट्रयाक) को विस्तृत परियोजना प्रितिवेदन (डीपीआर) यसै साता सरकारलाई बुझाउने भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

नेपाली सेनाको द्रूत मार्ग परियोजना प्रमुख योगेन्द्र खाँडले कोरियाली कम्पनी योसिन र पेङ्गवाले तयार पारेर परियोजनालाई बुझाएको प्रतिवेदनको अन्तिम रूप दिने काम भइरहेको बताउँदै मन्त्रिपरिषद्बाट पारितका लागि सरकारलाई यसै हप्ता सो प्रतिवेदन बुझाउने बताए ।

प्रतिवेदन मन्त्रिपरिषद्बाट पारित भएसँगै सेनालाई निर्माणको काम द्रूत गतिमा अगाडि बढाउन बाटो खुल्ने र निर्माणको कामले अझै गति लिने उनले बताए । यस अघि प्रारम्भिक विस्तृत परियोजना प्रितिवेदन फेब्रुअरी महिनामा नेपाली सेनाको मुख्यालयम बुझाइएको थियो ।

सरकारले यो प्रतिवेदन अनुमोदन गर्ने बित्तिकै सेनालाई सुरुङ्ग, पुल जस्ता ठूला निर्माण कार्य अगाडि बढाउन सहज हुने उनले बताए । उक्त परियोजना कार्यालयले केही प्राविधिक विषय र सरकारले दिएको कार्यादेश अनुसार डीपीआरको आवश्यक अध्ययन गरी सकेको र कम्पनीले दिएको प्रारम्भिक प्रतिवेदनलाई नै केही सामान्य सुझाव बाहेक खासै परिवर्तन नगरेको पनि प्रमुख खाँडले बताए ।

प्रकाशित मिति : २०७५, २७ फाल्गुन सोमबार  ७ : १९ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको