२०८३, २४ आश्विन आईतबार

भू–उपयोग ऐन चाँडै ल्याउँछौँ : मन्त्री अर्याल

भू–उपयोग ऐन चाँडै ल्याउँछौँ : मन्त्री अर्याल


काभ्रेपलाञ्चोक, २५ फागुन: भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्यमा अर्यालले वैज्ञानिक ढङ्गले भू–उपयोग ऐन ल्याउन लागेको बताउनुभएको छ । मन्त्री अर्यालले आज धुलिखेलमा अन्तराष्ट्रिय नारी दिवसका अवसरमा परोपकार प्राथमिक उपचार केन्द्रद्वारा आयोजित काभ्रेपलाञ्चोकको स्थानीय तहका महिला जनप्रतिनिधिलाई सम्मान गर्ने कार्यक्रममा उपयोगिताको आधारमा वैज्ञानिक ढङ्गले भू–उपयोग ऐन ल्याउन लागेको बताउनुभएको हो । उहाँले भन्नुभयो “अब २÷४ दिनमै संसद्ले भू–उपयोग ऐन पारित गर्दैछ, यो ऐन पूर्णतः वैज्ञानिक छ ।”

मन्त्री अर्यालले भू–उपयोग ऐनमा नौ प्रकारले भूमिको वर्गीकरण गरिएको बताउनुभयो । “कृषियोग्य जमिनको अधिकतम उपयोग गर्नेगरी ऐन आउँदैछ, पहिलोपटक ल्याइने यो ऐनअनुसार कुनै पनि जमिन आफूखुशी खण्डीकरण गर्न पाइने छैन”, उहाँले भन्नुभयो । उहाँले जमिनको खण्डीकरणलाई समेत व्यवस्थित गर्नेगरी ल्याइने ऐनले स्थानीय तहलाई भूमिसम्बन्धी कार्यसम्पादनमा सहयोग पुग्ने बताउनुभयो ।

मन्त्री अर्यालले आफ्नो मन्त्रालयले भूमि बैंक ऐनको समेत परिकल्पना गरिरहेको बताउनुभयो । “भूमि बैंक ऐन ल्याएपछि कुनै पनि जमिन बाँझो हुँदैन”, उहाँले भन्नुभयो, ‘सो ऐनअनुसार जमिनमा खेती गर्न नसक्नेलाई बैंकले सहयोग गर्छ, पछि किसानले चाहेको समयमा आफैँ स्वामित्व लिन सक्छन् ।” सो अवसरमा सांसद नविना लामाले लोकतान्त्रिक आन्दोलनमा महिलाको भूमिकाको स्मरण गर्दै जुनसुकै तहको कार्यसम्पादनमा महिला पुरुषभन्दा कम नभएको दाबी गर्नुभयो । पूर्व सांसद कमला दोङ, प्रदेशसभा सदस्यद्वय चन्द्र लामा र रत्न ढकाल, धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याजु श्रेष्ठ, नेकपाका नारायण पाण्डे र नेपाली काङ्ग्रेसका चन्द्रबहादुर लामाले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

मन्त्री अर्यालले धुलिखेल नगरपालिकाका उप्रप्रमुख विमला शर्मा, बनेपा नपाका उपप्रमुख रेखा दाहाल, पनौती नपाका उपप्रमुख गीता बञ्जारा, नमोबुद्ध नपाका उपप्रमुख रामदेवी तामाङ, पाँचखाल नपाका उपप्रमुख लक्ष्मी दनुवार, रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौला र चौँरी देउराली गाउँपालिकाका उपाध्यक्ष तारादेवी गौतम तथा कान्तिपुर टेलिभिजनका पत्रकार रमा दाहाललाई सम्मान गर्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २५ फाल्गुन शनिबार  ८ : ०३ बजे

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय महामन्त्री