२०८२, १२ माघ सोमबार

विचार परिवर्तन नभएसम्म महिला अधिकार पूर्ण हुँदैन : नेता नेपाल

विचार परिवर्तन नभएसम्म महिला अधिकार पूर्ण हुँदैन : नेता नेपाल


काठमाडौँ, २४ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले चिन्तन र विचारलाई परिवर्तन नगरेसम्म संविधानमा भएका महिला अधिकार प्राप्ति नहुने बताउनुभएको छ । एक सय नवौँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा राष्ट्रिय नागरिक विकास समाजले आज आयोजना गरेको अन्तक्र्रियामा वरिष्ठ नेता नेपालले संविधानमा महिलाका लागि अधिकारको कुनै कमी नभए पनि व्यवहारमा महिलाले अधिकार प्राप्त नगरेको बताउँदै सो को कार्यान्वयनका लागि चेतना र जागरणका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

अहिले पनि बोक्सी प्रथा, सासूले बुहारीलाई राम्रो व्यवहार नगर्ने, महिला हिंसाजस्ता थुप्रै समस्या रहेको भन्दै उहाँले महिला र बाहुनले हलो चलाउनु हुँदैन भन्ने पुराना मान्यतालाई भोजपुरका योगमायाजस्ता महिला नेत्रीले आन्दोलन गरेको स्मरण गर्दै महिला पक्षधरलाई प्रोत्साहन दिनुपर्ने आवश्यकता बताउनुभयो ।

नेपाली काङ्ग्रेका नेता भीमसेनदास प्रधानले नेपाली जनताले पहिलोपटक महिलामुखी तथा समावेशी संविधान बनाएको बताउनुभयो । उहाँले महिलाले राज्यबाट पाउनुपर्ने अधिकार प्राप्त गरे पनि सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकार नपाएकाले उनीहरु विभेदको शिकार भइरहेको बताउनुभयो । कार्यक्रममा उद्योग, आर्थिक, शिक्षा, समाजसेवा, साहित्य क्षेत्रमा योगदान गर्ने २० महिलालाई सम्मान गरिएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २४ फाल्गुन शुक्रबार  ६ : १२ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै