२०८२, २६ कार्तिक बुधबार

निर्मला हत्या प्रकरणमा एसपी विष्टसहित आठविरुद्ध मुद्दा दायर

निर्मला हत्या प्रकरणमा एसपी विष्टसहित आठविरुद्ध मुद्दा दायर


कञ्चनपुर, २४ फागुन : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको प्रमाण नष्ट गर्ने र यातना दिने कार्यमा संलग्न भएको अभियोगमा आठ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरिएको छ । गत पुस ३ गते निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेको र दिलीपसिंह विष्टका दाजु खडकसिंह विष्टले भाइ दिलीपलाई यातना दिएको अभियोगमा तत्कालीन कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित आठ जनाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।

सरकारी वकिल कार्यालयले निर्मलाकी आमा दुर्गादेवी र खडकाको जाहेरीका आधारमा अदालतमा गत बुधबार छुट्टाछुट्टै मुद्दा दायर गरेको हो । यातना दिइएको अभियोगमा तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज विष्ट, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी र प्रहरी निरीक्षक एकेन्द्र खड्काविरुद्ध मुद्दा दायर गरिएको छ ।

प्रमाण नष्ट गरेको अभियोगमा प्रहरी निरीक्षक जगदीश भट्ट, प्रहरी नायब निरीक्षक रामसिंह धाँमी, हरिसिंह धाँमी र प्रहरी जवान चाँदनी साउदविरुद्ध पनि मुद्दा दायर गरिएको छ । तत्कालीन प्रहरी उपरीक्षक डिल्ली विष्ट र केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक अङ्गुर जिसीबाहेक अन्य छ जनालाई अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताउनुभयो । “छ जना हिरासतमा रहेका छन्”, उहाँले भन्नुभयो । ‘‘अदालतमा उपस्थित गराइएकासँग बयान लिनेक्रम शुरु भएको छ’’ उहाँले भन्नुभयो, “बयान लिनेक्रम दुई÷तीन दिनसम्म चल्ने देखिन्छ ।” पन्तको साउन ११ गते घर नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरेर फालेको अवस्थामा शव फेला परेको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २४ फाल्गुन शुक्रबार  ८ : २९ बजे

रारा ताल:धर्तिको अप्सरा जस्तो अनुपम सौन्दर्य

काठमाडौं । सुदूरपश्चिम नेपालको हिमाली काखमा बसेको रारा ताल, जसलाई

क्यारेबियनमा अमेरिकाको युद्ध तयारीपछि भेनेजुएलाको सैन्य शक्ति प्रदर्शन तीव्र

कराकास । दक्षिणी क्यारेबियन क्षेत्रमा अमेरिकाले युद्धपोत र शक्तिशाली पनडुब्बीहरू

मुख्यमन्त्री यादवले गरे पदभार ग्रहण, मधेसका शहीदलाई मधेस रत्न दिइने पहिलो निर्णय

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आज

लन्डनमा सुतेकै अवस्थामा नेपाली विद्यार्थीको निधन, भोलिपल्ट सर्टिफिकेट लिने तयारीमा थिए

लन्डन । लन्डनमा एक नेपाली विद्यार्थी सुतेकै अवस्थामा मृत भेटिएका

यसपालि डिभी आवेदनमा नयाँ प्रावधान : पहिलोपटक शुल्क तिर्नुपर्ने, आवेदन ढिलो खुल्ने भयो

काठमाडौं । संयुक्त राज्य अमेरिकाले हरेक वर्ष अक्टोबर २ देखि