२०८२, २४ फाल्गुन सोमबार

आयो कालापानी-लिपुलेकसहितको आधिकारिक नक्सा

आयो कालापानी-लिपुलेकसहितको आधिकारिक नक्सा


काठमाडौँ, फागुन २४ : सरकारले कालापानी र लिपुलेक समेटेर संघीय नेपालको आधिकारिक नक्सा सार्वजनिक गरेका छ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मकुमारी अर्यालले बिहीबार संघीय नेपालको नक्सा सार्वजनिक गरेकी हुन् । नक्सा नापी विभागले तयार पारेको हो ।

नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले कालापानी, लिपुलेकसहित संघीय संरचनाबमोजिम नेपालको प्रशासनिक नक्सा सार्वजनिक भएको बताए । तीनवटा प्रदेशको नामाकरणसहितको नक्सा प्रकाशन गरिएको घट्टले जानकारी दिए ।

विज्ञहरुले भने नक्सा अपूर्ण रहेको प्रतिक्रिया दिएका छन् । लिम्पियाधुरालगायत भारतले मिचेको केही क्षेत्र अझै पनि आधिकारिक नक्सामा नसमेटिएको उनीहरुले बताए । नक्सामा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्र्रदेशको नाम समेटिएको छ । प्रदेश १, प्रदेश २ प्रदेश ३ र प्रदेश ५ को नामकरण भएको छैन । त्यसैले नक्सामा यी चार प्रदेशको नाम राखिएको छैन । नक्सामा सातवटै प्रदेश, प्रदेश राजधानी, प्रमुख राजमार्ग, सहर सीमा, निकुञ्ज, नदी र प्रमुख ठाउँ समेटिएको छ । यो समाचार सुरेन्द्र काफ्लेले अन्नपूर्णमा लेखेका छन् ।

प्रकाशित मिति : २०७५, २४ फाल्गुन शुक्रबार  ६ : ५५ बजे

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको राजीनामा, कार्यवाहक अध्यक्षमा हिदम लामा

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल

प्रत्यक्ष चुनावमा ४० वर्षमुनिका ५४ सांसद विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८१ को मतपरिणाम अन्तिम चरणमा पुग्दै

प्रत्यक्ष चुनावमा ४० वर्षमुनिका ५४ सांसद विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८१ को मतपरिणाम अन्तिम चरणमा पुग्दै

राष्ट्रियसभाका नयाँ १८ सदस्यले आज शपथ लिँदै

काठमाडौं । राष्ट्रिय सभा का नवनिर्वाचित सदस्यहरूले आज शपथ लिने