२०८२, ४ माघ आईतबार

आयो कालापानी-लिपुलेकसहितको आधिकारिक नक्सा

आयो कालापानी-लिपुलेकसहितको आधिकारिक नक्सा


काठमाडौँ, फागुन २४ : सरकारले कालापानी र लिपुलेक समेटेर संघीय नेपालको आधिकारिक नक्सा सार्वजनिक गरेका छ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मकुमारी अर्यालले बिहीबार संघीय नेपालको नक्सा सार्वजनिक गरेकी हुन् । नक्सा नापी विभागले तयार पारेको हो ।

नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले कालापानी, लिपुलेकसहित संघीय संरचनाबमोजिम नेपालको प्रशासनिक नक्सा सार्वजनिक भएको बताए । तीनवटा प्रदेशको नामाकरणसहितको नक्सा प्रकाशन गरिएको घट्टले जानकारी दिए ।

विज्ञहरुले भने नक्सा अपूर्ण रहेको प्रतिक्रिया दिएका छन् । लिम्पियाधुरालगायत भारतले मिचेको केही क्षेत्र अझै पनि आधिकारिक नक्सामा नसमेटिएको उनीहरुले बताए । नक्सामा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्र्रदेशको नाम समेटिएको छ । प्रदेश १, प्रदेश २ प्रदेश ३ र प्रदेश ५ को नामकरण भएको छैन । त्यसैले नक्सामा यी चार प्रदेशको नाम राखिएको छैन । नक्सामा सातवटै प्रदेश, प्रदेश राजधानी, प्रमुख राजमार्ग, सहर सीमा, निकुञ्ज, नदी र प्रमुख ठाउँ समेटिएको छ । यो समाचार सुरेन्द्र काफ्लेले अन्नपूर्णमा लेखेका छन् ।

प्रकाशित मिति : २०७५, २४ फाल्गुन शुक्रबार  ६ : ५५ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ