२०८३, २४ आश्विन आईतबार

अख्तियार पूर्वआयुक्त पाठकलाई विदेश जान प्रतिबन्ध

अख्तियार पूर्वआयुक्त पाठकलाई विदेश जान प्रतिबन्ध


काठमाडौँ, फागुन २४ : घुस पकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई विदेश जान प्रतिबन्ध लगाइएको छ ।

चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादलाई मिलाइदिने भन्दै घुस लिएको भिडियो सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिएका थिए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

पाठकले विवाद मिलाउने भन्दै पटकपटक गरी ७८ लाख घुस लिएको भिडियो सार्वजनिक भएपछि अख्तियारले उनीविरुद्ध छानबिन सुरु गरेको थियो । पाठक अहिले छानबिनकै क्रममा रहेको अख्तियारका प्रवक्ता रामेश्वर दंगाल बताउँछन् ।घुस प्रकरणमा फसेका पाठक सम्भावित कारबाहीबाट बच्न विदेश जानसक्ने भन्दै विदेश जान प्रतिबन्ध लगाइएको हो ।

प्रकाशित मिति : २०७५, २४ फाल्गुन शुक्रबार  ६ : ५० बजे

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय महामन्त्री