२०८२, १४ असार शनिबार

ढुक्क भएर कार्यक्षेत्रमा जान कर्मचारीलाई मन्त्री पण्डितको निर्देशन

ढुक्क भएर कार्यक्षेत्रमा जान कर्मचारीलाई मन्त्री पण्डितको निर्देशन


ललितपुर, २३ फागुन: सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले निजामती कर्मचारीलाई यसअघि दिँदै आएको कुनै पनि सेवासुविधा कम नगर्ने भएकाले ढुक्क भएर कार्यक्षेत्रमा जान कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आज प्रतिष्ठानमा आयोजना गरेको ३३औँ आधारभूत प्रशासन प्रतिष्ठान समापन समारोहमा उहाँले कर्मचारीको वृत्तिविकासको ढोका सरकारले बन्द नगरेको प्रष्ट पार्नुभयोे । सङ्घले अहिले कर्मचारीलाई दिँदै आएको सेवासुविधा अरु प्रदेश र स्थानीय सरकारले घटाउन नसक्ने मन्त्री पण्डितले बताउनुभयोे । स्थानीय तहमा रहेर काम गरिरहेका कर्मचारीका लागि समेत विदेश भ्रमण र वैदेशिक अध्ययन दुवैको सम्भावना रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “स्रोत र आवश्यकताअनुसार सुविधा थप्ने सम्भावना छ ।” आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि ट्रेड युनियनको नाममा काम नगर्ने प्रवृत्तिको अन्त्य भएको मन्त्री पण्डितले बताउनुभयो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेले नवनियुक्त कर्मचारीमा ‘म गर्न सक्छु’ भन्ने सकारात्मक सोच हुनुपर्नेमा जोड दिनुभयो । प्रशासनमा कुरा गर्नेभन्दा काम गर्ने व्यक्ति आवश्यक भएको उहाँले बताउनुभयो । “म सिङ्गो संस्था बदल्न सक्छु र मैले नसके कसले सक्छ भन्ने विश्वासका साथ नयाँ कर्मचारी कार्यक्षेत्रमा जानुपर्छ”, उहाँले भन्नुभयो । सार्वजनिक सेवा प्रशासन विभागका वरिष्ठ निर्देशक नारायणगोपाल मलेगोले प्रशासनमा रहेको ढिलासुस्ती बदल्ने जिम्मेवारी नवनियुक्त कर्मचारीको काँधमा रहेको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २३ फाल्गुन बिहीबार  ७ : ४० बजे

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

काठमाडौं । कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान

नागार्जुनमा प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सालिक अनावरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका प्रथम जननिर्वाचित कम्युनिस्ट

माधव नेपाललाई अध्यक्षबाट हटाउने विषय प्राथमिकतामा छैन् : पाण्डे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेले पार्टी अध्यक्ष

पार्टीभित्र थुप्रै किसिमका विचलनहरू देखिन थालेका छन् : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका

यस्तो छ विद्या भण्डारीको सम्बोधनको पूर्णपाठ

विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहका सभापति