२०८२, ६ फाल्गुन बुधबार

देशभक्त जनगणतान्त्रिक मोर्चा काभ्रेको अध्यक्षमा जीतबहादुर

देशभक्त जनगणतान्त्रिक मोर्चा काभ्रेको अध्यक्षमा जीतबहादुर


काठमाडौं २१ फागुन : नेकपा (क्रान्तिकारी माओवादी) निकट देशभक्त जनगणतान्त्रिक नेपाल काभ्रेको प्रथम जिल्ला सम्मेलबाट अध्यक्षमा जीतबहदुर तामाङ निर्वाचित भएका भएका छन् ।
यसैगरी उपाध्यक्षमा धुलिखेलका मिना तामाङ, सचिवमा नमोबुद्धका गुञ्जमान तामाङ, कोषाध्यक्षमा रोशीका प्रतिक तामाङ निर्वाचित भएका हुन् । सदस्यहरूमा बनेपाका तेलीमाया थिङ, तेमालका सुर्यमान मोक्तान, पाँचखालका श्याम वि.क., नमोबुद्धका शोभा सेञ्च्युरी, बनोपका सौरव कायस्थ छन् ।
त्यसैगरी महाभारतका प्रदिप अस्तानी, मेजरमानथिङ, रिजन थिङ र मानबहादुर योञ्जन, चौरीदेउरालीका दानु प्रधान, साईला लामा, भुम्लुका रेशममाझी र एलिसा माझी बेखसिम्लेका शेरबहादुर वि.क., रोशीका साइला तामाङ, खेजराज न्यौपाने, छविलाल रानामगर, पूर्णबहादुर रानामगर, नमोबुद्धका ज्ञानबहादुर लामा, राकेश लामा पाँचखालका मुकुन्द ढकाल र कविता तामाङ, तेमालका पदम दोङ, लालमान तामाङ, बनेपाका वसन्त वि.क., नविन वाईवा, रोशीका छन् । सदस्यको एक स्थान भने खाली नै रहेको छ ।
फागुन १८ गते “भ्रष्टाचार, कमिशनतन्त्र, माफियाहरू, कालाबजारीया र दलालहरूलाई सशक्तकार्वाही गरांै, नयाँजनवादीक्रान्तिको तयारीमा अगाडि बढांै” भन्ने मुलनाराका साथ बनेपा बसपार्कबाट निस्केको जुलुशले तीनदोबाटो, चारदोबाटो, गोदामचोक हँुदै पुनबस पार्कमा पुगेर सम्मेलन उद्घाटनमा परिणत गरेको थियो ।
सम्मेलन उद्घाटन सत्रमा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का पोलिट्व्युरो सदस्य दिनेश शर्मा (सागर)ले यो केपी ओली नेतृत्वको सरकार दलाल र भ्रष्टहरूको सरकार भएको कुरा बताए । कार्यक्रमका प्रमुख अतिथि शर्माले आफ्नो पार्टी विगत देखि स्पष्ट रुपले राष्ट्रियताको पक्षमा लड्दै आएको कुुरा उल्लेख गर्दै आफ्नो आन्दोलनप्रति खिसिटिउरे गरी वर्तमान प्रधानमन्त्री ओलीले एमाले कार्यालयबाट फोन गरेर “के यो गुलेलीको पार्टी हो?”भनी सोधेको र आन्दोलनका कमाण्डर निर्मल लामाले फोन उठाउँदै “हो, यो गुलेलीकै पार्टी हो, तपाई चरा बोल्नु भएको हो”? भनी जवाफदिनु भएको संवादलाई स्मरण गर्नुहँुदै आफ्नो पार्टी नै निरन्तर राष्ट्रियताको पक्षमा लड्दै आएको कुरा उल्लेख गरे ।
त्यसैगरी अर्का अतिथि देजमो नेपालका केन्द्रीय सचिवालय सदस्य कान्छाराम तामाङले मुलुकले गति लिन नसक्नुमा बाहुन वादी हिन्दु चिन्तन दोषी रहेको कुरा उल्लेख गरे । हिन्दु धर्ममा जातीय, लिंगीय विभेद भएको र राज्यको धर्म नै हिन्दु भएकाले कयांै वर्ष सम्म नेपाल महिला तथा जनजातिहरू सो विभेदको शिकार बन्नु परेको कुरालाई अगाडि सारे ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य विकास, जिल्ला सचिव वसन्त, क्रान्तिकारी युवा लीगका केन्द्रीय सदस्य केशव ढल्कोटी, अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष शिलु न्यौपाने, शहिद परिवारको तर्फबाट खेजराज न्यौपाने र रोशी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष तेजबहादुर रानामगरले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नेपालबार एशोसिएसन काभ्रेका अध्यक्ष देवकुमार मोक्तान, रोशी गाउँपालिका वडा नं. ४ का वडा सदस्य गोपीमाया थापामगर लगायतका अतिथिहरू रहनुभएको थियो ।
सम्मेलनले देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल काभ्रेका संयोजक टेकबहादुर वि.क.द्धारा प्रस्तुत राजनीतिक तथा आर्थिक प्रतिवेदनलाई पारित गर्दै आगामी २ वर्षका लागि जितबहादुर लामाको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला संगठन समिति चयन गरेको छ ।

प्रकाशित मिति : २०७५, २१ फाल्गुन मंगलबार  ८ : २० बजे

राजनीति वालवालिकाको सुन्दर भविश्यका निम्ती केन्द्रीत हुनुपर्छः मनोजजंग

सिन्धुलीः नेकपा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नंं २ का उमेदवार

नेपाली कांग्रेसले सार्वजनिक गर्‍यो १०‑बुँदे प्रतिज्ञापत्र

काठमाडौँ । नेपाली कांग्रेसले आज जनकपुरमा आयोजित कार्यक्रममार्फत आफ्नो प्रतिज्ञापत्र

एमाले अध्यक्ष केपी शर्मा ओली बालबालिकाका सच्चा संरक्षक हुन् : अमित लामा

बनेपा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि सभा

आगामी निर्वाचन भ्रष्टाचारविरुद्धको महाअभियान हो : अमित लामा

बनेपा । नेकपा एमाले का केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि

सहकारी ठगहरूलाई तह लगाइने : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेश प्रदेशको वित्तीय